आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
दुर्घटना

हुम्लामा जीप दुर्घटना हुँदा दुई जनाकाे मृत्यु, ६ जना घाइते

शनिबार, १० चैत २०८०, १७ : १६
शनिबार, १० चैत २०८०

सुर्खेत। हुम्लामा जीप दुर्घटना हुँदा दुई जनाकाे मृत्यु भएको छ। मृत्यु हुनेमा अदानचुली गाउँपालिका-५, का अन्दाजी ३५ वर्षीय फागुने लाेहार र १३ वर्षीय प्रवेश ऐडी रहेका छन्।

उनीहरूको घटनास्थलमै‌ मृत्यु भएको हो ‌। यस्तै उक्त घटनामा परी अहिलेसम्म ६ जना घाइते भएको विवरण आएको जिल्ला प्रहरी कार्यालय हुम्लाका सूचना अधिकारी नरेन्द्र चन्दले राताेपाटीलाई जानकारी दिए । 

घाइते हुनेमा चालक जनक ठगुन्ना, सवारी धनी धनबहादुर महतारा, बारिगाउँका ४५ वर्षिया रामबहादुर ऐडी, अदानचुली–५ का ५७ वर्षका कुल टमटा, बल बोहोरा र चैती बोहोरा छन् ।

उनका अनुसार अदानचुलीकाे श्रीनगरबाट वडा नम्बर-५, काे बारीगाउँ जाँदै गरेकाे सु००१ ज ११८३ नम्बरको बाेलेराे जीप चार बजेतिर दुर्घटनामा परेको हो । जीप सडकभन्दा केही तल खसेकाे छ। 

घाइतेहरूलाई अस्पतालमा लैजाने काम भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ‌।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप