सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
दुर्घटना

अछामको मेल्लेखमा ट्याक्टर दुर्घटना हुँदा पाँचजनाको मृत्यु

सोमबार, १२ चैत २०८०, १० : ४०
सोमबार, १२ चैत २०८०

काठमाडौं । अछामको मेल्लेखमा ट्याक्टर दुर्घटना हुदाँ पाँच जनाको मृत्यु भएको छ। सोमबार बिहान मेल्लेख गाँउपलिका— ७ सुयेडीमा टयाक्टर दुर्घटना हुदाँ पाँच जनाको मृत्यु भएको अछामका प्रहरी प्रमुख डीएसपी सन्तोष पाठकले बताए । उनका अनुसार दुर्घटनामा तीन जना घाइते भएका छन् । 

घाइतेको उपचारका लागि अछामकै बयलपाटा अस्पताल पठाइएको उनको भनाइ छ । मेल्लेखको षोडशाबाट साँफेबगर जाने क्रममा ट्याक्टर सुयेडी नजिकै दुर्घटना भएको पाठकले बताए । ट्याक्टर सडकबाट ५० मिटर तल खसेको थियो । दुर्घटनाको कारण पहिल्याउन अनुसन्धान भइरहेको डीएसपी पाठकले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप