मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय
दुर्घटना

अछाम ट्र्याक्टर दुर्घटना : मृत्यु हुने पाँच जनाको पहिचान खुल्यो (अपडेट)

सोमबार, १२ चैत २०८०, ११ : ३७
सोमबार, १२ चैत २०८०

अछाम । अछामको मेल्लेख गाउँपालिकामा भएको ट्र्याक्टर दुर्घटनामा मृत्यु हुने पाँच जनाको पहिचान खुलेको छ ।  मृत्यु हुनेमा मेल्लेख–१ का ५५ वर्षीय रङ्ग धामी, १५ वर्षीय जनक धामी, ४५ वर्षीय प्रेम धामी, ३७ वर्षीय नरबहादुर धामी र २१ वर्षीय जनक धामी रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक अर्जुन साउदले जानकारी दिए । 

मेल्लेख–७ नन्देगडाको सुयडीमा  भएको सो दुर्घटनामा तीन जना घाइते भएका छन् ।  षोडशाबाट साँफेबगरतर्फ आउँदै गरेको ०१००२ त ४९७९ नम्बरको ट्र्याक्टर सुयडी नजिकै दुर्घटना भएको हो ।

दुर्घटनामा ४२ वर्षीय लालबहादुर धामी, ४० वर्षीय हंस धामी र १५ वर्षीय देवेन्द्र धामी घाइते भएका प्रहरी निरीक्षक साउदले बताए । मृतक र घाइते एउटै वडाका बासिन्दा हुन् । घाइते तीनैजनालाई उपचारका लागि बयलपाटा अस्पताल लगिएको प्रहरीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप