७ वर्षपछि कपिलको शोमा 'गुत्थी'को इन्ट्री
नयाँ दिल्ली । कपिल शर्माको नयाँ कमेडी शो ‘द ग्रेट इन्डियन कपिल शो’ नेटफिक्लसमा आउने तयारीमा छ । यो शोमा दर्शकहरूले एक पटक फेरि कपिल शर्मा र सुनिल ग्रोवरको जोडी देख्न पाइनेछ । ७ वर्षअघि अर्थात सन् २०१८ मा कपिलसँग झगडा परेपछि सुनिलले अचानक द कपिल शर्मा शो छाडेका थिए । शोमा सुनिलले निर्वाह गरेको ‘गुत्थी’ नाम गरेको पात्रको निकै चर्चा थियो । लामो समयसम्मको पर्खाइपछि शोको ट्रेलर रिलिज गरिएको छ । ट्रेलरमा नयाँ शोमा पनि सुनिललाई गुत्थीकै भेषमा देख्न पाइएको छ ।
यसमा कमेडियनहरूको हँसीमजाक अनि सेलिब्रेटीहरूसँगको मस्ती मजाक देख्न पाइनेछ । यो शोमा पहिलो पटक आमिर खानलाई देख्न अतिथि बनेर आएका छन् । उनले आफ्नो छोराछोरीबारे कुराकानी गरेका छन् । छोराछोरीले आफूले भनेको फिटिक्कै नसुन्ने आमिरले बताइरहेको ट्रेलरमा सुनिन्छ । शोमा रणवीर कपूर र उनका परिवार, दिलजित दोसाँझ, परिणीति चोपडा आदिलाई पनि देख्न पाइनेछ ।
आमिर बाहेक यो शोमा रणवीर कपूर आमा नीतू कपूर र रिद्धिमा कपुर साहनीसँग आउनेछन् । शोमा क्रिकेटर रोहित शर्मालाई पनि देख्न पाइनेछ । द ग्रेट इन्डियन कपिल शोको ट्रेलर निकै रमाइलो छ । शो मार्च ३० देखि राति ८ बजेत नेटफ्लिक्समा प्रसारण हुनेछ । नयाँ शोमा कपिल र सुनिल बाहेक किकू शारदा, कृष्णा अभिषेक र राजीव ठाकुर पनि फरक फरक रूप र अवतारमा देखिँदैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा केप भर्डेको ऐतिहासिक पहिलो गोल
-
केप भर्डेका डिफेन्डर सिड्नी लोपेज काब्रालले अर्को खेल गुमाउने
-
स्पेनलाई रोकेर विश्वलाई चकित पारेको केप भर्डे आज उरुग्वेसँग भिड्दै
-
यान्त्रिक हलो अभावले किसानलाई धान रोप्न समस्या
-
बेल्जियम र इरानको संघर्षपूर्ण बराबरी
-
बेल्जियमलाई झड्का: नाथन एनगोयले रातो कार्ड पाउँदा टोली १० खेलाडीमा सीमित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण