चारजना मृतावस्थामा फेला
काठमाडौं । विभिन्न स्थानमा चारजना मृतावस्थामा फेला परेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका-२ कृषेपु बस्ने ५० वर्षीय खड्ग बहादुर कार्की आफ्नै घरमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी संखुवासभाको मकालु गाउँपालिका-५ माङसिमा राई गाउँ बस्ने ६६ वर्षीय हरि प्रसाद राई सोही ठाउँस्थित सुसम्बा भिरमा सोमबार मृत अवस्थामा फेला परेका छन् । आइतबार बाख्रा चराउन गएका घर नफर्किए पश्चात खोजी गर्ने क्रममा उनको शव फेला परेको हो ।
दोलखाको मेलुङ गाउँपालिका-७ सितली ज्यामिरेस्थित पाखामा पनि एक पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी दोलखाकै भिमेश्वर नगरपालिका-२ तामाकोशी नदीमा अन्दाजी ३१ वर्षीया महिला मृत अवस्थामा फेला परेकी छिन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भेरी करिडोर : पुल र सडक कहिले होलान् पूरा ?
-
पर्वतको महाशिला: इतिहास र भूगोलको कुरा
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना
-
धान रोपाइँमा किसानकाे लागत बढ्यो
-
यस्ता छन् महिलाहरूमा हृदयघातका प्रारम्भिक लक्षण
-
विश्वकपको क्वार्टरफाइनल समीकरण पूरा : कुन-कुन टिम भिड्दैछन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण