शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

चारजना मृतावस्थामा फेला

सोमबार, १२ चैत २०८०, १७ : २३
सोमबार, १२ चैत २०८०

काठमाडौं । विभिन्न स्थानमा चारजना मृतावस्थामा फेला परेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका-२ कृषेपु बस्ने ५० वर्षीय खड्ग बहादुर कार्की आफ्नै घरमा सोमबार मृत अवस्थामा फेला परेका छन् । 
यसैगरी संखुवासभाको मकालु गाउँपालिका-५ माङसिमा राई गाउँ बस्‍ने ६६ वर्षीय हरि प्रसाद राई सोही ठाउँस्थित सुसम्बा भिरमा सोमबार मृत अवस्थामा फेला परेका छन् । आइतबार बाख्रा चराउन गएका घर नफर्किए पश्चात खोजी गर्ने क्रममा उनको शव फेला परेको हो । 
दोलखाको मेलुङ गाउँपालिका-७ सितली ज्यामिरेस्थित पाखामा पनि  एक पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी दोलखाकै भिमेश्वर नगरपालिका-२ तामाकोशी नदीमा अन्दाजी ३१ वर्षीया महिला मृत अवस्थामा फेला परेकी छिन् । 
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको कार्यालयले जनाएको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप