सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

हाम्रो नेपाली पार्टीद्वारा बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

मङ्गलबार, १३ चैत २०८०, १२ : ००
मङ्गलबार, १३ चैत २०८०

मकवानपुर । हाम्रो नेपाली पार्टीले बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । प्रदेश प्रमुखलाई पत्र लेख्दै सो दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । 

हाम्रो नेपाली पार्टी बागमती प्रदेश संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्यका अनुसार जनताले दिएको म्यान्डेट अनुसार आफूहरू प्रतिपक्षको भूमिकामा रहने गरी चैत ९ गतेदेखि सरकारको समर्थन फिर्ता लिएको हो । 

२०७९ पौष २५ गते हाम्रो नेपाली पार्टी सहितको समर्थनमा नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्कट्टेल नेतृत्वको वर्तमान सरकारलाई समर्थन दिएको थियो । हाल प्रदेशको राजनीतिक परिदृश्यमा आएको फेरबदललाई मध्येनजर गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको नेता बज्राचार्यले बताए ।  

अंक गणितमा सानो दल भएपनि संसदीय मूल्य र मान्यता कायम राख्न सशक्त भूमिका निर्वाह गरिरहेको उनले बताए । आगामी दिनमा संसदमा जिम्मेवार प्रतिपक्षको भूमिकामा रही नागरिकको सेवामा रहने दृढ सङ्कल्प लिएर अघि बढेको उनको भनाई छ ।

उनका अनुसार समर्थन फिर्ता लिएको जानकारीको बोधार्थ मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय हेटौँडा, बागमती प्रदेश सभा सचिवालय हेटौँडालाई समेत दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप