हाम्रो नेपाली पार्टीद्वारा बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता
मकवानपुर । हाम्रो नेपाली पार्टीले बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । प्रदेश प्रमुखलाई पत्र लेख्दै सो दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।
हाम्रो नेपाली पार्टी बागमती प्रदेश संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्यका अनुसार जनताले दिएको म्यान्डेट अनुसार आफूहरू प्रतिपक्षको भूमिकामा रहने गरी चैत ९ गतेदेखि सरकारको समर्थन फिर्ता लिएको हो ।
२०७९ पौष २५ गते हाम्रो नेपाली पार्टी सहितको समर्थनमा नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्कट्टेल नेतृत्वको वर्तमान सरकारलाई समर्थन दिएको थियो । हाल प्रदेशको राजनीतिक परिदृश्यमा आएको फेरबदललाई मध्येनजर गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको नेता बज्राचार्यले बताए ।
अंक गणितमा सानो दल भएपनि संसदीय मूल्य र मान्यता कायम राख्न सशक्त भूमिका निर्वाह गरिरहेको उनले बताए । आगामी दिनमा संसदमा जिम्मेवार प्रतिपक्षको भूमिकामा रही नागरिकको सेवामा रहने दृढ सङ्कल्प लिएर अघि बढेको उनको भनाई छ ।
उनका अनुसार समर्थन फिर्ता लिएको जानकारीको बोधार्थ मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय हेटौँडा, बागमती प्रदेश सभा सचिवालय हेटौँडालाई समेत दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कार्गो रेलको व्यावसायिक सुरुवात र निरन्तरताको चुनौती
-
इरान सङ्कट समाधानका लागि अमेरिका अझै वार्तामा तयार: रुबियो
-
टोकियोले पुरुषहरूलाई कार्यालयमा हाफपाइन्ट्स लगाउन प्रोत्साहित गर्यो, समकक्षी महिला दिक्क
-
सुनचाँदीको मूल्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?
-
पाकिस्तानमा अनिश्चितकालीन हड्तालमा उत्रिए पेट्रोल पम्प सञ्चालक
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण