रोमानियापछि ‘वर एन्ड बधू’को दोस्रो सेड्युल कहाँ ?
मङ्गलबार, १३ चैत २०८०, १३ : २७
काठमाडौँ । फिल्म ‘वर एन्ड बधू’को छायाँकनको दोस्रो सेड्युल चैत्रको तेस्रो सातादेखि सुरु हुने भएको छ । पहिलो सेड्युलमा रोमानियामा ५० प्रतिशत छायाङ्कन सकिएको र दोस्रो सेड्युल नेपालमै छायाङ्कन हुने निर्देशक मिलन चाम्सले बताए ।
रोमान्टिक कमेडी कथामा तयार भएको फिल्ममा बधूको भूमिकामा नायिका आँचल शर्मा छिन् भने वरको भूमिकामा नव–नायक विवेक कर्माचार्य देखिँदै छन् ।
डाक्टर अमित रिजाल कार्यकारी निर्माता रहेको यो फिल्मलाई एलआरके इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण गरिएको हो ।
फिल्मले विवाहको संस्कृतिलाई पर्दामा देखाउने निर्माण पक्षले बताएको छ । फिल्मको प्रदर्शन मिति तय गरिएको छैन । छायाङ्कन सकिएपछि रिलिज मिति पनि तय हुने भए पनि २०८१ भित्र प्रदर्शनमा आउने बताइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोपबहादुर–बालकृष्णसहित १५ जनालाई कैद सजाय
-
बालकृष्ण खाणलाई २ वर्ष कैद र २० हजार जरिवाना
-
टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिवाना
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूलाई सजाय ताेकियाे, कसलाई कति सजाय ?
-
धितोपत्र बोर्ड नीति तथा कार्यक्रम : फिन्फ्लुएन्सरमाथि निगरानी, कारोबार शुल्क घटाउने घोषणा
-
कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म ऋणमा ब्याज अनुदान दिन प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण