आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

रोमानियापछि ‘वर एन्ड बधू’को दोस्रो सेड्युल कहाँ ?

मङ्गलबार, १३ चैत २०८०, १३ : २७
मङ्गलबार, १३ चैत २०८०

काठमाडौँ । फिल्म ‘वर एन्ड बधू’को छायाँकनको दोस्रो सेड्युल चैत्रको तेस्रो सातादेखि सुरु हुने भएको छ । पहिलो सेड्युलमा रोमानियामा ५० प्रतिशत छायाङ्कन सकिएको र दोस्रो सेड्युल नेपालमै छायाङ्कन हुने निर्देशक मिलन चाम्सले बताए ।

रोमान्टिक कमेडी कथामा तयार भएको फिल्ममा बधूको भूमिकामा नायिका आँचल शर्मा छिन् भने वरको भूमिकामा नव–नायक विवेक कर्माचार्य देखिँदै छन् ।

डाक्टर अमित रिजाल कार्यकारी निर्माता रहेको यो फिल्मलाई एलआरके इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण गरिएको हो ।

फिल्मले विवाहको संस्कृतिलाई पर्दामा देखाउने निर्माण पक्षले बताएको छ । फिल्मको प्रदर्शन मिति तय गरिएको छैन । छायाङ्कन सकिएपछि रिलिज मिति पनि तय हुने भए पनि २०८१ भित्र प्रदर्शनमा आउने बताइन्छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप