हराएका २० वटा दुई पाङग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण
काठमाडौँ । ट्राफिक प्रहरीले हराएका २० वटा दुई पाङग्रे सवारी साधन खोजतलास गरी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । मंगलबार काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका बिच ट्राफिक प्रहरीले २० वटा दुई पाङग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण गरेको हो ।
कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले १८ वटा मोटरसाइकल र २ वटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन् । पेप्सीकोला, कपन, बौद्ध, गौशाला, सुन्धारा, माछापोखरी, स्वयम्भू, चापागाउँ, बुङ्गमती लगायतका स्थानबाट हराएका सवारी साधन फेला पारेको ट्राफिक प्रहरीले जनाएको छ ।
मंगलबार बुझाइएका २० वटा सहित २ सय ८५ वटा सवारी साधन चालु आर्थिक वर्षको हालसम्म ट्राफिक प्रहरीले धनीलाई जिम्मा लगाइसकेको छ । अवैध रूपमा नेपाल भित्रिएका १७ वटा सवारी साधनलाई भने भन्सार कार्यालयमा बुझाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक श्रेष्ठले बताए । चालु आर्थिक वर्षको हालसम्म चोरीका २४ वटा २ पाङ्ग्रे सवारी साधनसहित संलग्न २९ जना व्यक्तिलाई कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा अमेरिकी आक्रमण, ४ जनाको मृत्यु
-
फ्रान्समा १५ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध
-
विवेक मण्डलका परिवारलाई गगन थापाद्वारा १ लाख सहयोग
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण