गृहमन्त्री लामिछानेसँग भारतीय र दक्षिण कोरियाका राजदूतको भेटवार्ता
काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग भारत र दक्षिण कोरियाका राजदूतले भेटवार्ता गरेका छन् । सिंहदबारस्थित गृह मन्त्रालयमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र दक्षिण कोरियाका राजदूत पार्क ताइयोङले भेटवार्ता गरेका हुन् ।
भारतीय राजदूत श्रीवास्तवले सिमानामा हुने अपराध नियन्त्रण र मानव ओसार पसार समन्वयका लागी थप नीतिगत प्रबन्ध गर्नुपर्नेमा जोड दिएका छन् । भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा पुनर्निमाणका लागि अनुदान र सहायता प्रदान गर्न तथा प्रहरीको एकेडेमीको निर्माणकार्य समयमै पुरा पर्न भारत तयार रहेको राजदूत श्रीवस्तावतले बताएका छन् ।
उपप्रधान एवं गृहमन्त्री लामिछानेले जाजरकोट र रुकुम पश्चिमको पुनर्निमाणमा अनुदान उपयोग गर्न प्रक्रियागत सहजीकरण गरिने बताए । भेटमा मन्त्री लामिछानेले भने,‘तरकारी र फलफूलमा विषादी परीक्षण गर्ने संयन्त्र सीमावर्ती क्षेत्रमा बढाउनुपर्छ र भएकालाई स्तरोन्नतीसहित नियमित बनाउनु जरुरी छ ।’
नेपाल र दक्षिण कोरियाको दौत्य सम्बन्धको ५० औँ वर्ष भएको अवसरमा दक्षिण कोरियाका राजदूत पार्क ताइयोङ र गृहमन्त्रीको बिचमा शुभकामना आदान प्रदान भएको छ । ईपिएस मार्फत दक्षिण कोरियामा कामदारको सङ्ख्या बढाउँदै लैजाने कोरियाको योजना रहेको राजदूतले बताएका छन् । मन्त्री लामिछानेले सीप विकास र प्रविधि हस्तान्तरणमा कोरियाले नेपाललाई ठुलो सहयोग गरेका बताएका छन् । भेटमा उनले भने,‘दक्षिण कोरियाले जस्तै भ्रष्टाचारमा शून्य सहनशीलता म र हाम्रो पार्टीका रहेको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यक्तिगत कारणले पाइलटले विमानलाई गगनचुम्बी भवनमा ठोक्काएको चीनको निष्कर्ष
-
बजेट संशोधनको माग गर्दै दोस्रो दिन पनि मधेस प्रदेशसभा अवरुद्ध
-
विष्णु पौडेललाई पक्राउ पुर्जी गर्ने कागजात नै अवैध भएको कानुन व्यवसायीहरूको जिकिर
-
राष्ट्रपतिले राजीनामा दिँदा राम्रो हुन्छ : प्रभु साह
-
स्वास्थ्य मन्त्रालय अन्तर्गतका कर्मचारीले कार्यालय समयमा सामाजिक सञ्जाल प्रयोग गर्न नपाउने
-
नेपाल प्रगतिशील प्राध्यापक संगठनले भन्यो– त्रिवि सेवा आयोगमा दलीय बफादारिताका आधारमा राजनीतिक नियुक्ति गरियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण