आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

४ जना मृत अवस्थामा फेला

बुधबार, १४ चैत २०८०, १३ : ४३
बुधबार, १४ चैत २०८०

काठमाडौं । विभिन्न स्थानमा चार जना मृतावस्थामा फेला परेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौंको चन्द्रागिरी नगरपालिका-१५ नैकापस्थित कीर्तिपुर चन्द्रागिरी जोड्ने झुलुङ्गे पुल नजिक बल्खु खोलामा सप्तरी राजगढ गाउँपालिका-२ घर भई काठमाडौं नैकाप फरेस्ट पाखा बस्ने ३२ वर्षीय बैभव सिंह मृत अवस्थामा फेला परेका छन् । 

धनुषाको धनुषाधाम नगरपालिका-५ पर्वता बस्ने राज किशोर महतोकी छोरी १२ वर्षीय राधिका महतो पनि आफ्नै घरमा मंगलबार मृत अवस्थामा फेला परेकी छिन् । घटनाको थप अनुन्धानको लागि मृतकको कान्छी आमा र हजुरआमालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

 यसैगरी पाल्पाको रिब्दिकोट गाउँपालिका-१ ख्यास्थित लप्सीखोला बस्ने दल बहादुर सुनारकी छोरी १८ वर्षीया पद्मा सुनार सोही ठाउँस्थित खरबारीमा मृत अवस्थामा फेला परेकी छिन् । 
  यसैगरी सर्लाहीको कबिलासी नगरपालिका-३ बिनगरास्थित पोखरीमा सोही नगरपालिका-६ जमुनिया बस्ने बिजय रायको छोरा ५ वर्षीय कृष्ण कुमार राय मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको कार्यालयले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप