आयोगले जसपासँग माग्यो समानुपातिक उम्मेदवारको नाम
काठमाडौँ । निर्वाचन आयोगले रिक्त रहेको समानुपातिक सांसदको नाम सात दिनभित्र सिफारिस गर्न जनता समाजवादी पार्टी नेपाल (जसपा)लाई पत्र पठाएको छ ।
जसपाको समानुपातिक सांसद मञ्जु अन्सारीको निधन भएपछि संसद्को एक सिट खाली भएको छ । सो ठाउँमा समानुपातिक सूचीमा रहेका एक जना उम्मेदवारको नाम सिफारिस गर्न आयोगले पत्र पठाएको जसपाका कार्यालय सचिव सीपी सिंहले बताए ।
चैत ४ गते ह्रदयघातका कारण सांसद मञ्जु अन्सारीको निधन भएको थियो । निर्वाचन आयोगको वेबसाइटमा राखिएको प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचनका लागि प्रकाशित उम्मेदवारको अन्तिम बन्द सूची अनुसार मुस्लिम महिला कलस्टरको तेस्रो नम्बरमा बाँकेकी २७ वर्षीय हसिना खानको नाम रहेको छ ।
पार्टीले उनकै नाम पठाउने तयारी गरेको छ । यद्यपि पार्टीले यसबारे आधिकारिक निर्णय गर्न बाँकी रहेको सिंहले बताए । जसपाको समानुपातिकतर्फ मुस्लिम कलस्टरकै दुई जना सांसदको निधन भएको हो । तेस्रोमा हसिना खानको नाम रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मिटरब्याज पीडित र सरकारी टोलीबिच भोलि निर्णायक छलफल हुने
-
यो जित माराडोनाका लागि उपहार हो: लियोनल मेस्सी
-
विश्वकप मैदानमा राजनीति: अर्जेन्टिना विरुद्ध बेलायती मन्त्रीले गरे फिफामा उजुरी
-
पूर्वराष्ट्रपति रहमानको हत्या अभियोगमा ४ दशकदेखि फरार अभियुक्त पक्राउ
-
१० बजे १० समाचार : सम्पत्ति विवरण बुझाउनुपर्नेलाई राहत, एक्लियो एमाले
-
आगामी आर्थिक वर्षभित्र १२ वटा रणनीतिक प्रसारण लाइन सञ्चालनमा ल्याइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण