महाधिवेशनको तयारीमा जसपा, सङ्गठित सदस्यको नाम आएपछि प्रतिनिधि चयन गरिने
काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले पहिलो महाधिवेशनको तयारी तीव्र पारेको छ । जसपाको महाधिवेशन जेठ २८ गतेदेखि मधेस प्रदेशको राजधानी जनकपुरमा हुनेछ ।
अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा रहेको कार्यदलले राजनीतिक प्रतिवेदन र वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ नेतृत्वको कार्यदलले पार्टीको नीति तथा कार्यक्रमको प्रतिवेदन अन्तिम चरणमा पुगेको जसपाले जनाएको छ ।
जसअनुसार श्रेष्ठले तयार पारेको प्रतिवेदनको मस्यौदाले पार्टीको पाँच वटा मुख्य कार्यभार तय गरेको छ । जसअनुसार पार्टी एकीकरण, संयुक्त मोर्चा र कार्यगत एकतालाई मुख्य कार्यभारको रूपमा मस्यौदा समितिको बैठकबाट पारित गरिएको जसपाले जनाएको छ ।
यसैगरी सरकार, संसद् र जनसङ्घर्षलाई पनि मुख्य कार्यभारमध्येको अर्को कार्यभार हुने गरी दस्ताबेजको मस्यौदा तयार गरिएको पार्टीले जनाएको छ ।
पार्टीका कार्यालय सचिव सि.पी. सिंहले सङ्गठित सदस्यको नामावली आउने क्रम जारी रहेको बताए । हालसम्म कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशबाट सम्पूर्ण सङ्गठित सदस्यको नाम आइसकेको बताउँदै उनले चार वटा प्रदेशको बाँकी रहेको र यो हप्ताभित्र आइपुग्ने बताए ।
सङ्गठित सदस्यको नाम आइसकेपछि प्रतिनिधि चयन गर्ने कार्य सुरु हुने उनले बताए । महाधिवेशनका लागि एक हजार प्रतिनिधि चयन गर्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यो जित माराडोनाका लागि उपहार हो: लियोनल मेस्सी
-
विश्वकप मैदानमा राजनीति: अर्जेन्टिना विरुद्ध बेलायती मन्त्रीले गरे फिफामा उजुरी
-
पूर्वराष्ट्रपति रहमानको हत्या अभियोगमा ४ दशकदेखि फरार अभियुक्त पक्राउ
-
१० बजे १० समाचार : सम्पत्ति विवरण बुझाउनुपर्नेलाई राहत, एक्लियो एमाले
-
आगामी आर्थिक वर्षभित्र १२ वटा रणनीतिक प्रसारण लाइन सञ्चालनमा ल्याइने
-
पोखरा बसपार्क क्षेत्रका व्यापारिक संरचना हटे, सुकुमबासी व्यवस्थापन प्रक्रिया सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण