आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

महाधिवेशनको तयारीमा जसपा, सङ्गठित सदस्यको नाम आएपछि प्रतिनिधि चयन गरिने

बुधबार, १४ चैत २०८०, १६ : ०२
बुधबार, १४ चैत २०८०

काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले पहिलो महाधिवेशनको तयारी तीव्र पारेको छ । जसपाको महाधिवेशन जेठ २८ गतेदेखि मधेस प्रदेशको राजधानी जनकपुरमा हुनेछ ।

 अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा रहेको कार्यदलले राजनीतिक प्रतिवेदन र वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ नेतृत्वको कार्यदलले पार्टीको नीति तथा कार्यक्रमको प्रतिवेदन अन्तिम चरणमा पुगेको जसपाले जनाएको छ । 

जसअनुसार श्रेष्ठले तयार पारेको प्रतिवेदनको मस्यौदाले पार्टीको पाँच वटा मुख्य कार्यभार तय गरेको छ । जसअनुसार पार्टी एकीकरण, संयुक्त मोर्चा र कार्यगत एकतालाई मुख्य कार्यभारको रूपमा मस्यौदा समितिको बैठकबाट पारित गरिएको जसपाले जनाएको छ ।

यसैगरी सरकार, संसद् र जनसङ्घर्षलाई पनि मुख्य कार्यभारमध्येको अर्को कार्यभार हुने गरी दस्ताबेजको मस्यौदा तयार गरिएको पार्टीले जनाएको छ ।

पार्टीका कार्यालय सचिव सि.पी. सिंहले सङ्गठित सदस्यको नामावली आउने क्रम जारी रहेको बताए । हालसम्म कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशबाट सम्पूर्ण सङ्गठित सदस्यको नाम आइसकेको बताउँदै उनले चार वटा प्रदेशको बाँकी रहेको र यो हप्ताभित्र आइपुग्ने बताए ।

सङ्गठित सदस्यको नाम आइसकेपछि प्रतिनिधि चयन गर्ने कार्य सुरु हुने उनले बताए ।  महाधिवेशनका लागि एक हजार प्रतिनिधि चयन गर्ने उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप