बुधबार ५ जना मृतावस्थामा फेला
काठमाडौं । बुधबार देशका विभिन्न स्थानमा ५ जना मृतावस्थामा फेला परेका छन् । प्रहरी प्रधान कार्यालयकाअनुसार काठमाडौंको बुढानिलकण्ठ नगरपालिका-१३ चुनिखेल पोखरी बस्ने ४६ वर्षीय बिजय श्रेष्ठ आफ्नै घरभित्र मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी मोरङको सुन्दरहरैचा नगरपालिका-१२ डेरा गरी बस्ने पाँचथर फिदिम नगरपालिका-२ घर भएकी ३८ वर्षीया सरिता श्रेष्ठ पनि आफ्नै कोठामा मृत अवस्थामा फेला परेकी छिन् ।
यसैगरी भक्तपुरको चाँगुनारायण नगरपालिका-९ ईटाछास्थित चुनदेवि इँटा भट्टाको झ्याउलीमा सोही भट्टामा काम गर्ने रोल्पा परिवर्तन गाउँपालिका-४ घर भएका ४० वर्षीय मन बहादुर बुढा मृत अवस्थामा फेला परेका छन् ।
लमजुङको मध्यनेपाल नगरपालिका-७ भाटबेसी बस्ने ४९ वर्षीय प्रकाश पराजुली पनि सोही ठाउँस्थित केरा घारीमा र मृत अवस्थामा फेला परेका छन् ।
कार्यालयले चितवनको भरतपुर महानगरपालिका-१ देवघाटस्थित त्रिपुरेश्वर मन्दिरको प्यासेजमा समेत अन्दाजी ६० वर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेको जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भेरी करिडोर : पुल र सडक कहिले होलान् पूरा ?
-
पर्वतको महाशिला: इतिहास र भूगोलको कुरा
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना
-
धान रोपाइँमा किसानकाे लागत बढ्यो
-
यस्ता छन् महिलाहरूमा हृदयघातका प्रारम्भिक लक्षण
-
विश्वकपको क्वार्टरफाइनल समीकरण पूरा : कुन-कुन टिम भिड्दैछन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण