आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

बुधबार ५ जना मृतावस्थामा फेला

बुधबार, १४ चैत २०८०, १७ : ०६
बुधबार, १४ चैत २०८०

काठमाडौं । बुधबार देशका विभिन्न स्थानमा ५ जना मृतावस्थामा फेला परेका छन् । प्रहरी प्रधान कार्यालयकाअनुसार काठमाडौंको बुढानिलकण्ठ नगरपालिका-१३ चुनिखेल पोखरी बस्ने ४६ वर्षीय बिजय श्रेष्ठ आफ्नै घरभित्र मृत अवस्थामा फेला परेका छन् । 
यसैगरी मोरङको सुन्दरहरैचा नगरपालिका-१२ डेरा गरी बस्ने पाँचथर फिदिम नगरपालिका-२ घर भएकी ३८ वर्षीया सरिता श्रेष्ठ पनि आफ्नै कोठामा मृत अवस्थामा फेला परेकी छिन् । 

यसैगरी भक्तपुरको चाँगुनारायण नगरपालिका-९ ईटाछास्थित चुनदेवि इँटा भट्टाको झ्याउलीमा सोही भट्टामा काम गर्ने रोल्पा परिवर्तन गाउँपालिका-४ घर भएका ४० वर्षीय मन बहादुर बुढा मृत अवस्थामा फेला परेका छन् । 

लमजुङको मध्यनेपाल नगरपालिका-७ भाटबेसी बस्ने ४९ वर्षीय प्रकाश पराजुली पनि सोही ठाउँस्थित केरा घारीमा र मृत अवस्थामा फेला परेका छन् । 

कार्यालयले चितवनको भरतपुर महानगरपालिका-१ देवघाटस्थित त्रिपुरेश्वर मन्दिरको प्यासेजमा समेत अन्दाजी ६० वर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेको जानकारी दिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप