शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

मुगुमा जीप दुर्घटना : दुई जनाको घटनास्थलमै मृत्यु, चार घाइते

बुधबार, १४ चैत २०८०, १९ : ०७
बुधबार, १४ चैत २०८०

सुर्खेत । मुगुमा जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा जीप चालक सोरु गाउँपालिका–७, कविराज नेपाली र एक जना महिला रहेकी छिन् । महिलाको पहिचान भने खुल्न नसकेको मुगु प्रहरीले जनाएको छ । 

यस्तै उक्त घटनामा चार जना घाइते भएका छन् । घाइतेमध्ये एक जना गम्भीर अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी प्रमुख डीएसपी वीरेन्द्र थापाले जानकारी दिए ।

उनका अनुसार बुधबार दिउँसो साढे दुई बजे कर्णाली प्रदेश ०२–००१ ज ००५९ नम्बरको जीप सदरमुकाम गमगढीबाट सोरु गाउँपालिकाको तारापानी भन्ने ठाउँतर्फ जाँदै गरेको थियो । सोरु गाउँपालिका–८, कटिया भन्ने ठाउँमा दुर्घटना भएको हो । दुर्घटनाको प्रकृतिबारे भने अहिलेसम्म बुझ्न नसकिएको उनले बताए ।

फोन सम्पर्क हुन समस्या भएकाले घटनाको थप विवरण आउन बाँकी रहेको उनको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप