शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

‘चन्दु च्याम्पियन’बन्न कार्तिकले लिए १४ महिने बक्सिङ प्रशिक्षण

बिहीबार, १५ चैत २०८०, १० : ११
बिहीबार, १५ चैत २०८०

मुम्बई । साजिद नाडियाडवाला र कबीर खान जस्ता दुई सिनेमाटिक पावर हाउसमा बनिरहेको फिल्म ‘चन्दु च्याम्पियन’प्रतिक्षित फिल्ममा पर्दछ । फिल्ममा अभिनेता कार्तिक आर्यन प्रमुख भूमिकामा छन् । यो कथालाई विश्वका दर्शकमाझ उत्कृष्ट किसिमले प्रस्तुत गर्न कार्तिकले १४ महिनाको बक्सिङ यात्रा सुरु गरेका छन् ।

फिल्मका लागि कार्तिकले आफ्नो शारीरिक बनावटमा जबरजस्त परिवर्तन ल्याएका छन् । उनले भूमिकालाई दमदार बनाउन बिना रोकावट निरन्तर १४ महिनाको बक्सिङ तालिम लिएका छन् । कार्तिक पहिलोपटक बक्सरको चरित्रमा फिल्ममा देखिँदै छन् ।

मध्यतौलवर्गको यो प्रशिक्षणसँगै कार्तिकले आफ्नो डाइटमा पनि ध्यान दिएका छन् । उनी पूर्ण रूपमा कम चिनीजन्य खानेकुरा खाइरहेका छन् । उनले बक्सरको जस्तो शरीर देखाउनका लागि २० किलो तौल पनि घटाएका छन् । यो फिल्म सन् २०२४ को जुन १४ मा रिलिज हुँदैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप