शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल निर्माण व्यवसायी महासङ्घको साधारण सभा हेटौँडामा

बिहीबार, १५ चैत २०८०, १६ : ०९
बिहीबार, १५ चैत २०८०

काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासङ्घको २५ औँ वार्षिक साधारण सभा बागमती प्रदेशको राजधानी हेटौँडामा हुने भएको छ । साधारण सभा शुक्रवारदेखि सुरु हुने महासंघले बिहीबार पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो ।

२५ औँ वार्षिक साधारण सभा चैत्र १६ र १७ गते हुने महासंघले जनाएको छ । पत्रकार सम्मेलनमा बोल्दै महासंघका महासचिव रोशन दाहालले साधारण सभाको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने जानकारी दिए । 

 उद्घाटन समारोहमा उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, सहरी विकासमन्त्री धनबहादुर बुढाको उपस्थिति रहने बताए ।  साधारण सभा स्थलमा निर्माण कम्पनीसँग सम्बन्धित २४ वटा स्टलहरू राखिने बताए । २५ औँ साधारण सभा मुलुकका समस्त निर्माण व्यवसायीहरूको सीप, दक्षता, क्षमता र गुणस्तरीयता अभिवृद्धि गर्न महत्त्वपूर्ण हुने लक्ष्य लिएको बताए । उनले निर्माण उद्योगमा देखिएको चुनौतीका बारेमा घनिभूत छलफल गर्दै निर्माण उद्योगको विकास बिस्तारका लागि साधारण सभाले गरेका महत्त्वपूर्ण निर्णयहरू लिपिबद्ध गर्दै घोषणा पत्र जारी गर्ने बताए । 

पत्रकार सम्मेलनमा बोल्दै नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले साधारण सभामा मुलुकभरबाट १ हजार भन्दा बढी पर्यवेक्षक र प्रतिनिधिहरूको उपस्थिति रहने बताए । उनले निर्माण उद्योगले अहिले भोगिरहेको समस्या समाधान गर्नु नै महासङ्घको मुख्य चुनौती रहेको बताए । 

उनले सरकारले आफूले गर्ने निर्णयहरू समयमा नगर्ने र राजनीतिक नेतृत्वहरू परिवर्तन हुने बित्तिकै सरकारी कर्मचारीको परिवर्तन हुने, योजना प्रमुख परिवर्तन हुने र गैर जिम्मेवार रूपमा निर्णयहरू हुने कारणले गर्दा काम समयमा सम्पन्न हुन नसकेको जिकिर गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप