रास्वपाले गर्यो एमाले पार्टी कार्यालयको अध्ययन भ्रमण
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेकपा एमालेको पार्टी कार्यालयको भ्रमण गरेको छ । बिहीबार रास्वपाका महामन्त्री डा. मुकुल ढकाल नेतृत्वको टोली ललितपुरको च्यासलस्थित एमालेको पार्टी कार्यालय भ्रमणमा पुगेको हो ।
राजनीतिक दलको आन्तरिक प्रशासन एवं व्यवस्थापनका बारेमा ढकालको टोलीले एमालेको केन्द्रीय कार्यालयमा आपसी अध्ययन भ्रमण गरेको रास्वापाले जनाएको छ ।
महामन्त्री डा। मुकुलको टोलीमा पार्टी केन्द्रीय प्रशिक्षण विभाग सचिव कमल सुवेदी तथा कर्मचारीहरू शुभराज शिल्पकार, सेनु लामा लगायतको सहभागिता थियो ।
भ्रमणका क्रममा एमाले महासचिव शंकर पोखरल, उपमहासचिव प्रदीप ज्ञवाली, उपमहासचिव विष्णु रिमाल, केन्द्रीय सङ्गठन विभाग प्रमुख काशीनाथ अधिकारी, परराष्ट्र मामिला विभाग प्रमुख राजन भट्टराई तथा कार्यालय सचिव भीष्म अधिकारी लगायतसँग छलफल भएको रास्वपाले जनाएको छ ।
ढकालको टोलीलाई एमालेका नेताहरूले पार्टी कार्यालयका आन्तरिक व्यवस्थापनका विविध पक्षहरूबारे जानकारी दिएको थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नाइजेरियामा सेनाको कारबाहीमा ३०० भन्दा बढी विद्रोहीको मृत्यु
-
देशका विभिन्न स्थानबाट लागुऔषधसहित २८ जना पक्राउ
-
कीर्तिपुरको होल्डिङ सेन्टरबाट ३ जना जेनजी अभियन्ता नियन्त्रणमा
-
मधेसमा लागुऔषधको दलदल : खुला सीमा र फितलो निगरानीले युवा पुस्ता जोखिममा
-
भिजेर गले किताबकापी, अब के पढ्ने, कता जाने ? (तस्बिरहरू)
-
सट्टाबाजीले स्पेनविरुद्ध फ्रान्सलाई दियो अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण