मन्त्रिपरिषद् बैठक
आगामी वर्ष ७५३ वटा स्थानीय तहले ७७ अर्ब ५० करोड राजस्व पाउने
बिहीबार, १५ चैत २०८०, १९ : २७
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि अन्तर सरकार (प्रदेश तथा स्थानीय तह) राजस्व बाँडफाँडको अनुमानित लक्ष्य निर्धारण गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले आगामी आर्थिक वर्षका लागि प्रदेश र स्थानीय तहलाई उपलब्ध गराउने राजस्व बाँडफाँडको ढाँचा र हिस्सा बमोजिम अनुमानित राजस्वको विनियोजन यकिन गरेको हो ।
मन्त्रिपरिषद्को निर्णय अनुसार आगामी वर्ष प्राप्त राजस्वबाट अन्तर सरकारी निकाय प्रदेश सरकार र स्थानीय तहलाई समान ७७ अर्ब ५० करोड रुपैयाँ प्रदान गर्ने निर्णय भएको छ । यसो गर्दा ७ वटा प्रदेश बराबर ७५३ स्थानीय तहले राजस्व पाउने छन् ।
यसैगरी, वित्तीय समानीकरण अनुदानको परिणाम अनुसार सात प्रदेशको लागि ६० अर्ब रुपैयाँ र स्थानीय तहहरूको लागि ८८ अर्ब रुपैयाँ स्वीकृत गर्ने निर्णय समेत सरकारले गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोपबहादुर–बालकृष्णसहित १५ जनालाई कैद सजाय
-
बालकृष्ण खाणलाई २ वर्ष कैद र २० हजार जरिवाना
-
टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिवाना
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूलाई सजाय ताेकियाे, कसलाई कति सजाय ?
-
धितोपत्र बोर्ड नीति तथा कार्यक्रम : फिन्फ्लुएन्सरमाथि निगरानी, कारोबार शुल्क घटाउने घोषणा
-
कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म ऋणमा ब्याज अनुदान दिन प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण