सर्वोच्चद्वारा कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा

काठमाडौँ । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । शुक्रबार सर्वोच्च अदालतले सांसद गुरुङको निलम्बन फुकुवा गर्न आदेश दिएको हो ।
सर्वोच्चका न्यायाधीशद्वय मनोजकुमार शर्मा र विनोद शर्माको इजलासले गुरुङको निलम्बन फुकुवा गरेको हो । गुरुङ गत वर्ष मङ्सिर ४ मा सम्पन्न आम निर्वाचनमा मनाङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।
विशेष अदालतमा सरकारी सम्पत्ति हिनामिना गरेको अभियोग मुद्दा किनारा नलागेसम्म गुरुङलाई निलम्बन गरिएको संसद् सचिवालयले जनाएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुरुङको पद निलम्बन गर्न संसद् सचिवालयलाई पत्राचार गरेको थियो । सोही आधारमा गत वर्ष पुस १२ गते संसद् सचिवालयले गुरुङ निलम्बन गरेको थियो।
तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वमा श्रम तथा रोजगार राज्यमन्त्री भएका उनले काठमाडौँ फनपार्कको जग्गा भाडामा लगाउँदा भ्रष्टाचार गरेको अभियोग छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्याम र दिव्या ‘मिस्टर र मिस एसइई सुपर मोडल’ घोषित
-
आगामी बजेटले तीन करोडभन्दा कमका आयोजना नराख्ने नीतिलाई अनुसरण गरेकाे छ : अर्थमन्त्री
-
‘नेपालमा हिरा किन्दा भारतभन्दा १८ प्रतिशत महँगो’
-
विगतकै निरन्तरताभन्दा माथि उठ्न सकेन कर्णालीको बजेट, आकर्षक बनाउन नयाँ नारा
-
इजरायलका रक्षामन्त्रीले इरानलाई दिए यस्तो चेतावनी
-
सिड्नीमा ‘नेपाली बहुसांस्कृतिक केन्द्र’ निर्माणका लागि आध्यात्मिक महोत्सवको घोषणा