पत्रकार महिलाको अवसर र चुनौतीको विषयमा छलफल
काठमाडौँ । राष्ट्रिय महिला आयोगले पत्रकार महिलाको अवसर, चुनौतीको विषयमा छलफल गरेको छ । आयोगले शुक्रबार विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकार महिलासँग अवसर र चुनौतीको विषयमा छलफल गरेको हो ।
पछिल्लो समय सामाजिक सञ्जाल महिलाको विषयमा संवेदनशील नदेखिएको, सञ्चार गृहमा हुने लैगिङ्क विभेद, पारिश्रमिकमा विभेद लगायतका विषयमा आयोगले छलफल गरेको थियो ।
निजी तथा सरकारी सञ्चार माध्यमले महिलालाई ३ महिना सुत्केरी बिदा अनिवार्य दिन आयोगलाई पहल गर्न पत्रकारले सुझाएका छन् । यस्तै, सुत्केरी बिदापछि जागिरको सुनिश्चितता हुनुपर्ने गरी नीतिगतरुपमा जानुपर्ने विषय उनीहरुले उठाएका छन् ।
अन्तरक्रियामा उठाएका विषयवस्तुलाई आफूले सकेसम्म सम्बन्धित निकायलाई पहल गर्ने राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले बताइन् । ‘पत्रकार साथीहरूले उठाउनु भएको विषयवस्तुलाई हाम्रो कार्यक्षेत्र भित्रपर्ने विषयलाई सम्बन्धित निकायलाई पहल गर्ने छौँ,’ उनले भनिन् ।
महिलाको पक्षमा आयोगले विभिन्न कार्यहरू गर्दै आएको छ । पत्रकार महिलाको लागि नीतिगतरुपमा लैजाने विषयवस्तुलाई सम्बोधन गर्नका लागि अन्तरक्रिया कार्यक्रम आयोजना गरेको आयोगकी सचिव पार्वती अर्यालले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण