नेपाललाई हिन्दु राष्ट्र बनाउन भारतले षड्यन्त्र गरेको छैन : अध्यक्ष माधव
काठमाडौँ । भारतीय जनता पार्टीका नेता समेत रहेका इन्डिया फाउन्डेसनका अध्यक्ष राम माधवले नेपाललाई हिन्दु राष्ट्र बनाउनमा भारतको कुनै षड्यन्त्र नरहेको दाबी गरेका छन् । अन्तर्राष्ट्रिय नेपाल–भारत संस्कृत सम्मेलनको समापन समारोहलाई शुक्रबार सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
अध्यक्ष राम माधवले नेपालमा जे हुन्छ यहिका जनता र समाजको निर्णयबाट हुने धारणा राखे । उनले भने, ‘यहाँ कसैले हिन्दु राष्ट्र बनाउने कुरा गर्छ भने यो भारतको षड्यन्त्र हो भन्न थाल्छन् । यसमा भारतको कुनै षड्यन्त्र छैन ।’
‘नेपाल र भारत लोकतान्त्रिक देश हुन्, नेपाल हरहमेशा लोकतान्त्रिक देश रहोस् भनी भारतले चाहेको छ’ उनले भने । नेपालमा सफल लोकतन्त्र रहेको बताउँदै उनले त्यसमा यहाँको जनताको योगदान रहेको बताए । ‘यसमा न कसैको षड्यन्त्र छ न हस्तक्षेप छ’ उनले भने । भारत यसमा सहयोग गर्न हमेशा तयार रहेको अध्यक्ष माधवले बताए । नेपालमा कस्तो व्यवस्था हुनुपर्छ त्यो निर्णय गर्ने अधिकार नेपाली जनताको भएको बताउँदै उनले संस्कृत भाषा एउटा सभ्यताको विषय रहेको बताए ।
नेपाल–भारत संस्कृति र सभ्यतामा मिलेर काम गर्ने बताउँदै अध्यक्ष माधवले भने, ‘युरोपका २७ देश मिलेर त्यहाँका कयौँ मुद्दामा सामूहिक रूपमा छलफल गर्छन् र समस्या समाधान गर्छन् भने नेपाल र भारत मिलेर हाम्रो भाषा, संस्कृति अनि सभ्यताको पुनरुत्थानका लागि काम गर्न किन सकिँदैन ? हामीले प्रयास अगाडि बढाउनुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणमा रहेका प्रधानन्यायाधीश शर्मालाई सर्वोच्च अदालतमा स्वागत
-
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी
-
अस्ट्रेलियन फुटबलर भोल्पाटो कोकिन परीक्षणमा पोजेटिभ
-
इरान युद्धमा मृत अमेरिकी सैनिकको सङ्ख्यालाई लिएर विवाद
-
गण्डकीमा दर्ता हुन थाले राइड सेयरिङ कम्पनी
-
खुकुरी प्रहार गरी महिलाको हत्या, आक्रमणकारी स्थानीयको कुटाइले गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण