सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

जसपाको केन्द्रीय सङ्गठन विभागको बैठक बस्दै

शनिबार, १७ चैत २०८०, १० : ४०
शनिबार, १७ चैत २०८०

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय सङ्गठन विभागको बैठक बस्दै छ । सङ्गठित पार्टी सदस्यता वितरण र नवीकरणको अवस्थाबारे छलफल गर्न विभागको बैठक बस्न लागेको हो ।

बैठक बिहान ११ बजे पार्टी कार्यालय बालकुमारीमा बस्नेछ । जसपाले सङ्गठित पार्टी सदस्यता वितरण वा नवीकरणको लागि चैत्र १० सम्मको समयसीमा तोकिएको थियो । 

गत मङ्सिर ३० गतेसम्म पार्टी सदस्यता प्राप्त गरिसकेका वा पार्टी सङ्गठनमा आवद्ध रहेका पार्टी सदस्यलाई मात्र सङ्गठित पार्टी सदस्यता दिन सकिने व्यवस्था गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप