सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

पोल्याण्डका प्रधानमन्त्रीले भने, ‘युरोप ‘युद्धपूर्वको अवधि’मा छ’

शनिबार, १७ चैत २०८०, १० : ४८
शनिबार, १७ चैत २०८०

पोल्याण्ड । पोल्याण्डका प्रधानमन्त्री डोनाल्ड टस्कले युरोप ‘युद्धपूर्वको अवधि’मा रहेको बताएका छन् । उनले युक्रेनलाई रुससँग हार्ने अनुमति दिन नहुने बताए । 

‘यो सम्पूर्ण युरोपको लागि राम्रो हुनेछैन,’ टस्कले भने । उनले युद्ध अब विगतको कुरा नरहेको पनि बताए । अब यो वास्तविकतामा बनेको र यो दुई वर्ष पहिले सुरु भएको उनको जिकिर छ। पोल्याण्डका प्रधानमन्त्रीको यो बयान रुसले युक्रेनको ऊर्जा प्रणालीमा गरेको पछिल्लो हमलापछि आएको हो ।

तर, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशको नेटोमाथि आक्रमण गर्ने मनसाय नरहेको बताएका छन् । रुसले पोल्याण्ड, बाल्टिक देश र चेक गणतन्त्रमाथि आक्रमण गर्ने बताइए पनि यी बेकारका कुरा भएको उनले स्पष्ट पारे ।

यद्यपि पुटिनले युक्रेनले आफूविरुद्ध एफ–१९ लडाकु विमान प्रयोग गरे उनीहरू जहाँ भए पनि निशाना बनाइने चेतावनी दिएका थिए । फेब्रुअरी २०२२ मा युक्रेनमा रुसको आक्रमणपछि युरोपसँगको सम्बन्ध चिसिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप