पोल्याण्डका प्रधानमन्त्रीले भने, ‘युरोप ‘युद्धपूर्वको अवधि’मा छ’
पोल्याण्ड । पोल्याण्डका प्रधानमन्त्री डोनाल्ड टस्कले युरोप ‘युद्धपूर्वको अवधि’मा रहेको बताएका छन् । उनले युक्रेनलाई रुससँग हार्ने अनुमति दिन नहुने बताए ।
‘यो सम्पूर्ण युरोपको लागि राम्रो हुनेछैन,’ टस्कले भने । उनले युद्ध अब विगतको कुरा नरहेको पनि बताए । अब यो वास्तविकतामा बनेको र यो दुई वर्ष पहिले सुरु भएको उनको जिकिर छ। पोल्याण्डका प्रधानमन्त्रीको यो बयान रुसले युक्रेनको ऊर्जा प्रणालीमा गरेको पछिल्लो हमलापछि आएको हो ।
तर, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशको नेटोमाथि आक्रमण गर्ने मनसाय नरहेको बताएका छन् । रुसले पोल्याण्ड, बाल्टिक देश र चेक गणतन्त्रमाथि आक्रमण गर्ने बताइए पनि यी बेकारका कुरा भएको उनले स्पष्ट पारे ।
यद्यपि पुटिनले युक्रेनले आफूविरुद्ध एफ–१९ लडाकु विमान प्रयोग गरे उनीहरू जहाँ भए पनि निशाना बनाइने चेतावनी दिएका थिए । फेब्रुअरी २०२२ मा युक्रेनमा रुसको आक्रमणपछि युरोपसँगको सम्बन्ध चिसिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण