त्रिशूली दुर्घटना : ३९ वर्षीय छोराको अन्त्येष्टि गरेर फर्किएकी थिइन ७० वर्षीय हरिमाया
काठमाडौँ । शनिवार बिहानमा यात्रुवाहक ट्याक्सी त्रिशूलीमा खसेर दुर्घटना हुँदा मृत्यु भएका पाँचै जनाको परिचय खुलेको छ । दुर्घटनामा पर्नेमा गोरखाको रोका परिवार र उनका आफन्त रहेका छन् । काठमाडौँबाट गोरखा जाँदै गरेको बा२ज ४१९६ नम्बरको ट्याक्सी बिहान सवा ७ बजे चितवनको इच्छाकामना गाउँपालिका–५ सिमलधारास्थित पृथ्वी राजमार्गबाट त्रिशूली नदीमा खसेको थियो ।
जिल्ला प्रहरी कार्यालय चितवनले ट्याक्सीमा चालकसहित ६ जना सवार रहेकोमा दुर्घटनामा पाँच जनाको मृत्यु भएको र एक जना बेपत्ता रहेकाले खोजी कार्य जारी रहेको जनाएको छ । मृत्यु हुनेमा ७० वर्षीय जुनमाया रोका, उनकी जेठी छोरी हरिमाया रोका(उपरकोटी),हरिमायाको छोरा आगमन उपरकोटी, जुनमायाको कान्छी छोरी अन्जना रोका, माइला ज्वाइँ ट्याक्सी चालक गोरखा नगरपालिका–७ का ३५ वर्षीय अर्जुन शिर्मल रहेका छन् । हरिमायाका नाति दिवस रोका भने बेपत्ता छन् ।
गोरखा नगरपालिका ७ का वडाअध्यक्ष विष्णुप्रसाद श्रेष्ठका अनुसार मृतक एकै परिवारका आफन्त हुन् । उनीहरू जुनमाया रोकाका छोरा ३९ वर्षीय शङ्कर रोकाको शुक्रबार राती पशुपतिमा अन्त्येष्टि गरेर शनिवार बिहान घर फर्कने क्रममा दुर्घटनामा परेका हुन् ।
‘जुनमायाको छोरा शङ्करजीको हिजो काठमाडौँमा मृत्यु भएकाले उहाँहरू (मृतक शंकरका आमा, छोरा, दिदी बहिनी, ज्वाइँ, भान्जा सबै पशुपतिमा अन्त्येष्टि सकाएर आज घर फर्किँदै गर्दा दुर्घटनामा पर्नुभएछ । शङ्करजीलाई क्यान्सर थियो भन्ने सुनेको छु, रोका परिवारमा ठूलो आपत आएको छ’ वडाध्यक्ष श्रेष्ठले भने ।
मृतक रोका परिवार र आफन्त शंकरको अन्तिम संस्कार सकेर माइक्रो र ट्याक्सीमा शनिवार घर फर्किँदै थिए । शंकरकोश्रीमती भने अर्कै गाडीमा बसेकालेदुर्घटनाबाट जोगिएको श्रेष्ठले जानकारी दिए ।
दुर्घटना भएको थाहा पाउनासाथ आफू दुर्घटना स्थालमा पुगेको बताएका वडाअध्यक्ष श्रेष्ठले मृतक परिवार रोकाया नभएर रोका भएको पुष्टि गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण