सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

बालकुमारीमा जसपा केन्द्रीय संगठन विभागको बैठक

शनिबार, १७ चैत २०८०, १३ : ५०
शनिबार, १७ चैत २०८०

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय संगठन विभागको बैठक बालकुमारीस्थित पार्टी कार्यालयमा सुरु भएको छ । महाधिवेशनको तयारीका लागि बसेको बैठकमा पार्टीको संगठित सदस्यता वितरण र नवीकरणको अवस्थाबारे छलफल भइरहेको जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए ।

‘संगठित सदस्यको विवरण चारवटा प्रदेशबाट आइसकेका छन् । अरु प्रदेशबाट आउन बाँकी रहेको छ । त्यस सन्दर्भमा छलफल भइरहेको छ’ उनले भने । जसपाले संगठित सदस्यता वितरण वा नवीकरणको लागि मातहत समिति र संगठनलाई चैत्र १० गते सम्मको समयसीमा तोकेको थियो ।

बैठकमा पार्टी समिति र संगठनबाट वितरण र नवीकरण भई आएका संगठित सदस्यताबारे जानकारी लिने र त्यसमाथि आवश्यक जाँचबुझ गर्नेबारे छलफल हुने जनाइएको छ । जसपाको प्रथम राष्ट्रिय महाधिवेशन जेठ २८ गतेदेखि जनकपुरमा हुने निर्णय भइसकेको छ । जसपाले मङ्सिर ३० गतेसम्म सदस्यता प्राप्त गरिसकेका वा पार्टी सङ्गठनमा आवद्ध रहेका पार्टी सदस्यलाई मात्र संगठित सदस्यता दिन सकिने व्यवस्था गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप