बालकुमारीमा जसपा केन्द्रीय संगठन विभागको बैठक
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय संगठन विभागको बैठक बालकुमारीस्थित पार्टी कार्यालयमा सुरु भएको छ । महाधिवेशनको तयारीका लागि बसेको बैठकमा पार्टीको संगठित सदस्यता वितरण र नवीकरणको अवस्थाबारे छलफल भइरहेको जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए ।
‘संगठित सदस्यको विवरण चारवटा प्रदेशबाट आइसकेका छन् । अरु प्रदेशबाट आउन बाँकी रहेको छ । त्यस सन्दर्भमा छलफल भइरहेको छ’ उनले भने । जसपाले संगठित सदस्यता वितरण वा नवीकरणको लागि मातहत समिति र संगठनलाई चैत्र १० गते सम्मको समयसीमा तोकेको थियो ।
बैठकमा पार्टी समिति र संगठनबाट वितरण र नवीकरण भई आएका संगठित सदस्यताबारे जानकारी लिने र त्यसमाथि आवश्यक जाँचबुझ गर्नेबारे छलफल हुने जनाइएको छ । जसपाको प्रथम राष्ट्रिय महाधिवेशन जेठ २८ गतेदेखि जनकपुरमा हुने निर्णय भइसकेको छ । जसपाले मङ्सिर ३० गतेसम्म सदस्यता प्राप्त गरिसकेका वा पार्टी सङ्गठनमा आवद्ध रहेका पार्टी सदस्यलाई मात्र संगठित सदस्यता दिन सकिने व्यवस्था गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मिटरब्याज पीडित र सरकारी टोलीबिच भोलि निर्णायक छलफल हुने
-
यो जित माराडोनाका लागि उपहार हो: लियोनल मेस्सी
-
विश्वकप मैदानमा राजनीति: अर्जेन्टिना विरुद्ध बेलायती मन्त्रीले गरे फिफामा उजुरी
-
पूर्वराष्ट्रपति रहमानको हत्या अभियोगमा ४ दशकदेखि फरार अभियुक्त पक्राउ
-
१० बजे १० समाचार : सम्पत्ति विवरण बुझाउनुपर्नेलाई राहत, एक्लियो एमाले
-
आगामी आर्थिक वर्षभित्र १२ वटा रणनीतिक प्रसारण लाइन सञ्चालनमा ल्याइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण