मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

हमलामा दुई पाकिस्तानी सैनिकको मृत्यु

सोमबार, १९ चैत २०८०, १३ : १७
सोमबार, १९ चैत २०८०

बलुचिस्तान । पाकिस्तानको बलुचिस्तान प्रान्तको ग्वादरमा भएको आक्रमणमा दुई पाकिस्तानी सेनाको मृत्यु भएको छ । एक जना अज्ञात बन्दुकधारीले पाकिस्तानी सैनिकहरूमाथि अन्धाधुन्ध गोली चलाएका थिए । यस घटनामा दुई जनाको ज्यान गएको बताएको छ ।

रिपोर्टहरूका अनुसार पाकिस्तानी सेनाको बम डिस्पोजल टोलीले ग्वादर जिल्लाको अंकारा बाँध क्षेत्रमा ल्यान्डमाइनहरू जाँच गरिरहेको बेला एक अज्ञात बन्दुकधारीले सैनिकहरूमाथि गोली चलाएको थियो । आक्रमणमा दुई सैनिकको मृत्यु हुनुका साथै चार जना घाइते भएका छन् ।

घटनापछि सेनाहरूले आक्रमण भएको क्षेत्रमा घेरा हालेर आक्रमणकारीको खोजी कार्य सुरु गरेका छन् । हालसम्म कुनै पनि संगठनले यस आक्रमणको जिम्मेवारी लिएको छैनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप