हमलामा दुई पाकिस्तानी सैनिकको मृत्यु
सोमबार, १९ चैत २०८०, १३ : १७
बलुचिस्तान । पाकिस्तानको बलुचिस्तान प्रान्तको ग्वादरमा भएको आक्रमणमा दुई पाकिस्तानी सेनाको मृत्यु भएको छ । एक जना अज्ञात बन्दुकधारीले पाकिस्तानी सैनिकहरूमाथि अन्धाधुन्ध गोली चलाएका थिए । यस घटनामा दुई जनाको ज्यान गएको बताएको छ ।
रिपोर्टहरूका अनुसार पाकिस्तानी सेनाको बम डिस्पोजल टोलीले ग्वादर जिल्लाको अंकारा बाँध क्षेत्रमा ल्यान्डमाइनहरू जाँच गरिरहेको बेला एक अज्ञात बन्दुकधारीले सैनिकहरूमाथि गोली चलाएको थियो । आक्रमणमा दुई सैनिकको मृत्यु हुनुका साथै चार जना घाइते भएका छन् ।
घटनापछि सेनाहरूले आक्रमण भएको क्षेत्रमा घेरा हालेर आक्रमणकारीको खोजी कार्य सुरु गरेका छन् । हालसम्म कुनै पनि संगठनले यस आक्रमणको जिम्मेवारी लिएको छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण