शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
टी–२० खेल

नेपालले लगातार गुमायो पाँचौँ र छैटौँ विकेट

सोमबार, १९ चैत २०८०, १४ : १५
सोमबार, १९ चैत २०८०

काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी आयरल्यान्ड ‘ए’ विरुद्धको तेस्रो तथा अन्तिम टी–२० खेलमा सोमबार नेपाल ‘ए’ ले आफ्नो पाँचौँ र छैटौँ विकेट लगातार गुमाएको छ । पाँचौँ विकेटका रुपमा नेपालले पवन सर्राफलाई गुमाएको हो । 

पेभेलियन फर्किनुअघि उनले १२ बलमा एक चौकाको मद्दतले १३ रन बनाए । पवनलाई आयरल्यान्डका बलर गारेथ डेलानीले विकेटकिपर निल रकद्वारा स्टम्पिङ गराएका थिए । १४.१ ओभरमा पवन आउट हुँदा नेपालले एक सय २० रन बनाएको छ । 

त्यसलगत्तै नेपालले आफ्नो छैटौँ विकेट पनि गुमाएको थियो । नेपालले छैटौँ विकेटका रुपमा नारायण जोशीलाई गुमाएको हो । उनी एक बलमा एक रन बनाउँदै रनआउट भएका थिए । 

१४.३ ओभरमा उनी आउट हुँदा नेपालले एक सय २१ रन बनाएको छ । नेपालले टस हारी पहिले ब्याटिङको निम्तो पाएको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप