बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

१० जिल्लाका १३ विद्यालयलाई नमुनाका रुपमा विकास गरिने

सोमबार, १९ चैत २०८०, १५ : १०
सोमबार, १९ चैत २०८०

सुर्खेत ।  सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले १० जिल्लाका कम्तीमा पनि १३ विद्यालयलाई नमुना विद्यालयका रुपमा विकास गर्ने भएको छ । 

    एक जिल्ला एक नमुना विद्यालय भौतिक पूर्वाधार निर्माण एवं शिक्षण सिकाइ सुधार शिक्षकको पेसागत सहयोग कार्यक्रममार्फत उक्त विद्यालय छनोट गरिएको शिक्षा विकास निर्देशनालयका निमित्त निर्देशक दीपा हमालले जानकारी दिइन् । 

सार्वजानिक शिक्षा सुधारसम्बन्धी कार्यविधि २०८० अनुसार प्रस्ताव पेस गरेका विद्यालयमध्ये मन्त्रीस्तरीय निर्णयबाट १३ विद्यालय छनोटमा परेका निमित्त निर्देशक हमालले जानकारी दिइन् ।

सुर्खेत, दैलेख, डोल्पा, जुुम्ला, कालीकोट र मुगुमा एक÷एक विद्यालय छनोटमा परेका छन् भने जाजरकोट, सल्यान र रुकुमपश्चिममा दुई÷दुई विद्यालय निर्माण गर्न छनोट गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप