शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

तीनभित्र सङ्गठित पार्टी सदस्यताको अभिलेख पठाउन जसपाको परिपत्र

सोमबार, १९ चैत २०८०, १६ : ०२
सोमबार, १९ चैत २०८०

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले सङ्गठित पार्टी सदस्यता बितरण र  नवीकरणको अभिलेख पठाउन परिपत्र जारी गरेको छ ।

 पार्टी विधानको अनुसूचि ११ बमोजिम भरेको फाराम पार्टी केन्द्रीय कार्यालयमा तीन दिन भित्र पठाउन सोमबार जसपाले मातहत समितिलाई सर्कुलर गरेको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

चैत्र १० गतेसम्म सदस्यताको अभिलेख पठाइसक्नु पर्ने भनिएकोमा केही प्रदेश समिति र जिल्ला समितिले ढिलाई गरेको भन्दै यथाशीघ्र अभिलेख पठाउन भनेको हो । अन्यथा आगामी महाधिवेशन प्रक्रियामा सामेल हुन बाधा पर्न जाने व्यहोरा समेत जानकारी गराइएको उनको भनाइ छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप