तीनभित्र सङ्गठित पार्टी सदस्यताको अभिलेख पठाउन जसपाको परिपत्र
सोमबार, १९ चैत २०८०, १६ : ०२
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले सङ्गठित पार्टी सदस्यता बितरण र नवीकरणको अभिलेख पठाउन परिपत्र जारी गरेको छ ।
पार्टी विधानको अनुसूचि ११ बमोजिम भरेको फाराम पार्टी केन्द्रीय कार्यालयमा तीन दिन भित्र पठाउन सोमबार जसपाले मातहत समितिलाई सर्कुलर गरेको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
चैत्र १० गतेसम्म सदस्यताको अभिलेख पठाइसक्नु पर्ने भनिएकोमा केही प्रदेश समिति र जिल्ला समितिले ढिलाई गरेको भन्दै यथाशीघ्र अभिलेख पठाउन भनेको हो । अन्यथा आगामी महाधिवेशन प्रक्रियामा सामेल हुन बाधा पर्न जाने व्यहोरा समेत जानकारी गराइएको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मिटरब्याज पीडित र सरकारी टोलीबिच भोलि निर्णायक छलफल हुने
-
यो जित माराडोनाका लागि उपहार हो: लियोनल मेस्सी
-
विश्वकप मैदानमा राजनीति: अर्जेन्टिना विरुद्ध बेलायती मन्त्रीले गरे फिफामा उजुरी
-
पूर्वराष्ट्रपति रहमानको हत्या अभियोगमा ४ दशकदेखि फरार अभियुक्त पक्राउ
-
१० बजे १० समाचार : सम्पत्ति विवरण बुझाउनुपर्नेलाई राहत, एक्लियो एमाले
-
आगामी आर्थिक वर्षभित्र १२ वटा रणनीतिक प्रसारण लाइन सञ्चालनमा ल्याइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण