आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

मदिराको असरबारे  ४ लाख ३२ हजारमा अध्ययन, के आयो निष्कर्ष ?

मङ्गलबार, २० चैत २०८०, ११ : ०८
मङ्गलबार, २० चैत २०८०

काठमाडौँ । अमेरिकामा हालै मदिरा सेवनबारे एउटा अध्ययन गरिएको थियो । यस अध्ययनमा ४ लाख ३२ हजारलाई समावेश गरिएको थियो । यीमध्ये कसैलाई पनि मुटु रोग वा पक्षाघात भएको थिएन । अध्ययनका क्रममा दैनिक एक पेगभन्दा बढी मदिरा पिउने युवा र वयस्क उमेरका महिलामा मुटु रोगको जोखिम बढी हुने देखियो ।  

अध्ययनका अनुसार दिनहुँ रक्सी पिउने युवा र मध्यम उमेरका महिलालाई मुटु रोगको जोखिम बढी हुने देखिएको छ । मदिराको अत्यधिक सेवनले मुटुको समस्या बढाउने र मुटुलाई स्वस्थ राख्न मदिराको सेवन सन्तुलित मात्रामा गर्नुपर्ने अनुसन्धान प्रतिवेदनमा उल्लेख गरिएको थियो । यस अध्ययनमा १८ देखि ६५ वर्ष उमेर समूहका कुल ४ लाख ३२ हजार जनालाई समावेश गरिएको थियो ।

समावेश भएका मध्ये २ लाख ४३ हजार पुरुष थिए भने १ लाख ८९ हजार महिला थिए । अध्ययनको सुरुमा ४४ वर्ष वा सो भन्दा बढी उमेरका सहभागीहरुलाई मुटुसम्बन्धी रोग थिएन । दिनमा एक पेगभन्दा बढी रक्सी पिउने महिलामा हृदयाघातको जोखिम ३३ देखि ५१ प्रतिशत बढी हुने अध्ययनमा देखिएको छ । दिनहुँ रक्सी सेवन गर्ने अनि कहिलेकाहीँ अत्यधिक पिउने महिलाहरूमा यसको जोखिम ६८ प्रतिशत बढी पाइयो ।

केही अध्ययनहरूमा मदिरा  पिउँदा मुटुमा सकारात्मक प्रभाव पर्छ भनेर निचोड निकालिएको छ । रक्सी सेवनले मुटुको स्वास्थ्यमा राम्रो र नराम्रो दुवै खालको असर गर्छ भन्ने मान्यता पनि छ । रेभेराट्रोल जस्ता एन्टिअक्सिडेन्टहरू हुने भएकोले थोरै मात्रामा रेड वाइन पिउनु मुटुका लागि फाइदाजनक मानिन्छ । तर यो अनुसन्धानका प्रमुख लेखक डा. जमाल एस राणाले चाहिँ केही अध्ययनहरूले यो मान्यतालाई चुनौती दिएका बताएका छन् ।

‘धेरै समयदेखि मदिरा  सेवन मुटुका लागि राम्रो हुन्छ भन्ने विश्वास गरिएको थियो । तर अहिले धेरै अध्ययनहरूले यो विश्वासलाई चुनौती दिइरहेका छन् । ’ मदिराले रक्तचाप बढाउन सक्ने, शरीरमा मोटोपना अनि सुन्निनेजस्ता समस्याहरू निम्त्याउन सक्ने केही अनुसन्धानकर्ताहरू बताउँछन् ।  यी दुवैले मुटुसम्बन्धी रोगको जोखिम बढाउँछ ।

धेरै मदिरा पियो भने के हुन्छ ?

मदिरा पिउँदा रक्तचाप बढ्छ, मुटुको धड्कन अनियमित हुन सक्छ, मुटुको मांसपेशी कमजोर हुन सक्छ र मुटुसम्बन्धी रोगको जोखिम बढ्छ । 

धेरै मदिरा पिउँदा कार्डियोमायोप्याथी जस्ता रोगहरू पनि निम्तिन सक्छ । यसले पनि मुटुको कार्यलाई असर गर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप