सरकारले ३ प्रतिशत ब्याजदरमै उठायो १३ अर्ब सार्वजनिक ऋण
काठमाडौं । बजारमा अधिक तरलताको फाइदा सरकारले अल्पकालीन ऋणबाट उठाएको छ । मंगलबार १३ अर्ब ५ करोड रुपैयाँ बराबरको ट्रेजरी जारी गरेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले पुरै ट्रेजरी अधिकतम ३.०३९९ प्रतिशतमा बिक्री गरेको हो ।
कूल ट्रेजरीका लागि १८ वटा बैंक तथा वित्तीय संस्थाहरुबाट ६१ वटा आवेदन परेको थियो ।
प्रतिस्पर्धात्मक र प्रतिस्पर्धात्मक दुबै प्रणालीबाट बोलकबोलमा भाग लिएका बैंकहरुले प्रस्तावित ब्याजदरबाट न्यूनतम २.८००१ प्रतिशतदेखि अधिकतम ३.०३९९ प्रतिशत ब्याजदर प्रस्ताव गरेका थिए । यसबाट औसत ३.०११३ प्रतिशत ब्याजदर कायम गर्दै पुरै (१३ अर्ब ५ करोड रुपैयाँ बराबर) ट्रेजरी बिक्री गरिएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।
त्यसो त सोमबार (हिजो) बाट मात्रै सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सरकारी ऋणपत्र तथा यससँग सम्बन्धित बण्डहरुको निष्कासन तथा व्यवस्थापनको जिम्मेवारी लिएको हो ।
सार्वजनिक ऋण व्यवस्थापन ऐन, २०७९ तथा सार्वजनिक ऋण व्यवस्थापन नियमावली, २०८० कार्यान्वयनमा आएपश्चात ऋण व्यवस्थापन कार्यालयले यो जिम्मेवारी लिएको हो । यसअघि सरकारी ऋणपत्र तथा अन्य बण्डहरुको निष्कासन तथा असुली सबै व्यवस्थापन राष्ट्र बैंकले हेर्दै आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत कुन प्रदेशले कति पाए रकम ? (विवरणसहित)
-
अर्थमन्त्रीलाई अर्यालको प्रश्न : संसद्मा एउटा र मन्त्रालयमा अर्को अङ्क राखेर कसको स्वार्थ पूरा गरियो ?
-
कुन पालिकालाई कति वित्तीय हस्तान्तरण ? (सूचीसहित)
-
कांग्रेस सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको प्रमुख सचेतक धामीले दिए राजीनामा, खड्काले पाइन् जिम्मेवारी
-
आक्रमण जारी रहे क्षेत्रीय ऊर्जा संरचना निशानामा पर्ने इरानको चेतावनी
-
सरकारले गर्यो १० सचिवको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण