शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारले ३ प्रतिशत ब्याजदरमै उठायो १३ अर्ब सार्वजनिक ऋण

मङ्गलबार, २० चैत २०८०, १२ : ०४
मङ्गलबार, २० चैत २०८०

काठमाडौं । बजारमा अधिक तरलताको फाइदा सरकारले अल्पकालीन ऋणबाट उठाएको छ । मंगलबार १३ अर्ब ५ करोड रुपैयाँ बराबरको ट्रेजरी जारी गरेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले पुरै ट्रेजरी अधिकतम ३.०३९९ प्रतिशतमा बिक्री गरेको हो । 

कूल ट्रेजरीका लागि १८ वटा बैंक तथा वित्तीय संस्थाहरुबाट ६१ वटा आवेदन परेको थियो । 

प्रतिस्पर्धात्मक र प्रतिस्पर्धात्मक दुबै प्रणालीबाट बोलकबोलमा भाग लिएका बैंकहरुले प्रस्तावित ब्याजदरबाट न्यूनतम २.८००१ प्रतिशतदेखि अधिकतम ३.०३९९ प्रतिशत ब्याजदर प्रस्ताव गरेका थिए । यसबाट औसत ३.०११३ प्रतिशत ब्याजदर कायम गर्दै पुरै (१३ अर्ब ५ करोड रुपैयाँ बराबर) ट्रेजरी बिक्री गरिएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । 

त्यसो त सोमबार (हिजो) बाट मात्रै सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सरकारी ऋणपत्र तथा यससँग सम्बन्धित बण्डहरुको निष्कासन तथा व्यवस्थापनको जिम्मेवारी लिएको हो । 

सार्वजनिक ऋण व्यवस्थापन ऐन, २०७९ तथा सार्वजनिक ऋण व्यवस्थापन नियमावली, २०८० कार्यान्वयनमा आएपश्चात ऋण व्यवस्थापन कार्यालयले यो जिम्मेवारी लिएको हो । यसअघि सरकारी ऋणपत्र तथा अन्य बण्डहरुको निष्कासन तथा असुली सबै व्यवस्थापन राष्ट्र बैंकले हेर्दै आएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप