सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

कांग्रेस चितवनले सहकारी ठगीमा संलग्नलाई कारबाहीको माग गर्दै बुझायो ध्यानाकर्षण पत्र

मङ्गलबार, २० चैत २०८०, २० : १२
मङ्गलबार, २० चैत २०८०

काठमाडौँ । नेपाली कांग्रेस चितवनले सहकारी ठगीमा संलग्नहरूलाई कारबाहीको मागको माग गर्दै जिल्ला प्रमुख अधिकारी (सीडीओ)लाई ध्यानाकर्षण पत्र बुझाएको छ । कांग्रेस चितवनका सभापति राजेश्वर खनालले मंगलबार चितवनका प्रमुख जिल्ला अधिकारीलाई भेटेर सहकारी ठगीमा संलग्नमाथि कारबाहीको माग गर्दै ध्यानकर्षण पत्र बुझाएका हुन् ।

ध्यानाकर्षण पत्रमा सहकारी ऐनविपरीत करोडौँ बचत रकम अपचलन गरेकोमा रकम फिर्ताको पहल गरिदिन बचतकर्ताहरूले निवेदन दिएको उल्लेख गरिएको छ । चैत १५ गते कांग्रेसले सरोकारवाला पीडितसँग अन्तरक्रिया गरेको सभापति खनालले बताए । चितवनमा मुख्य कार्यालय एवम् शाखा कार्यालयहरू खोली सहकारी सञ्चालन गर्दै आएका सहारा सहकारी, शिवशिखर, सनराइज, परिचय, लालीगुराँस बचत तथा ऋण सहकारी संस्थासहित अन्य सहकारीमा बचतकर्ताको करोडौँ रकम सञ्चालकहरूले हिनामिना गरेको कांग्रेसको ध्यानाकर्षण पत्रमा जनाइएको छ ।

त्यस्तै कांग्रेसले बचत रकम हिनामिना गर्ने सहकारीका तत्कालीन सञ्चालकहरूको खोजी गरी नियन्त्रणमा लिई आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाउन सर्वाधिकारसहितको संसदीय समिति गठन गर्न माग गरेको छ ।

ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘सहारा बहुउद्देश्यीय सहकारी संस्थाका संस्थापक अध्यक्ष जीवी राईलगायत ११ जना, शिव शिखर, सनराइज, परिचय, लालीगुराँसलगायतका व्यक्तिहरूलाई सम्बन्धित निकायबाट अभिलम्ब पक्राउ गरी अनुसन्धान गर्न र पछिल्ला दिनहरूमा बचतकर्ताहरूले सहकारी संस्थामा जम्मा गरेको बचत रकम आफूलाई आवश्यक पर्दा फिर्ता लिन पाउने सुनिश्चितता दिलाउँदै बचतकर्ता पीडितहरूको रकम अभिलम्ब फिर्ता गराउने व्यवस्थाका लागि ठोस नीति तर्जुमा गरी फिर्ता दिलाउने कार्यमा सहयोग गर्न नेपाल सरकारको ध्यानाकर्षणको लागि समेत अनुरोध गरिन्छ ।’

कांग्रेसले ध्यानाकर्षणपत्रसहित सहकारी पीडितहरूले राखेको विचारहरूको भिडियो पनि संलग्न गरेर जिल्ला प्रशासन कार्यालयमा बुझाएको छ ।

कांग्रेसले सहारामा १० हजार ६ जना बचतकर्ताको ८५ करोड, शिवशिखरमा १४ हजार ८०० बचतकर्ताको ९५ करोड, सनराइजमा सात हजार २०० बचतकर्ताको ७२ करोड, लालीगुराँसको १२ करोड ९३ रुपैयाँ हिनामिना भएको र अन्यको विवरण आउन बाँकी रहेको जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप