देशमा इमानदारिताको खडेरी लाग्यो : माओवादी सांसद आलेमगर
काठमाडौँ । राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) का सांसद सुरेशकुमार आलेमगर राजनीतिक दलहरूमा इमानदारिताको कमी भएको बताएका छन् । बुधवार बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै मगरले देशमा नै इमानदारिताको खडेरी लागेको बताएका हुन् ।
पर्याप्त श्रोत साधन नहुनु र बजेट निर्माण गर्नै कठिन हुने गरेको भन्दै उनले बजेट निकासी गर्दा आफूलाई राम्रो हुने ठाउँमा मात्रै निकासी गर्ने गरेको बताए । उनले बजेट विनियोजनमा इमानदारिता देखाउन नसक्दा पुँजीगत खर्च नभएको जिकिर गरे ।
उनले भने, ‘यो देशमा इमानदारिताको खडेरी परेको छ । पहिलो कुरा त हामीसँग श्रोत, साधन नै छैन । बजेट निर्माण नै हुँदैन । बजेट पुग्दैन । बजेट निकासा हुँदैन । तर जहाँ बजेट निकासा हुन्छ, जहाँ बजेट विनियम हुन्छ, त्यो क्षेत्रमा पनि निर्माण भएको हुँदैन । बजेट खर्च हुँदैन । पुँजीगत रकम खर्च भएको हुँदैन । त्यसको लागि योग्यता क्षमताको कुरा होइन, इमानदारिता चाहिन्छ । यो इमानदारिता मैले यहाँ देखिन । त्यसैले जुन बजेट छ, त्यो खर्च गर्न सकिएन । सम्बन्धित व्यक्तिहरूले, नेताहरूले, कर्मचारीहरूले आफूले जहाँ फाइदा हुन्छ, त्यहाँ खर्च गरेका हुन्छन्, जहाँ कमिसन पाइन्छ, जहाँ खान पाइन्छ, त्यहाँ मात्रै बजेट खर्च गरेका हुन्छन्, जहाँ पाइँदैन, त्यहाँ खर्च गरेका हुँदैन, त्यस कारण पुँजीगत खर्च गर्न सकेनौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण