रविको पुरानो ट्वीट खोतल्दै विश्वप्रकाशले भने– ‘हामी त्यति क्रान्तिकारी पनि छैनौँ’
काठमाडौँ । सहकारी ठगी प्रकरणमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथिको प्रहार जारी छ । कांग्रेसले लामो समयदेखि संसद्मा यस विषय जोडतोडका साथ उठाइरहेको छ ।
यस क्रममा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले गृहमन्त्री लामिछानेलाई उनकै ४ वर्ष पुरानो ट्वीट स्मरण गराएका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘मित्र @hamrorabi यहाँले त राजीनामा नै माग्नुभएको रहेछ, हामी माग्दैछैनौँ र माग्दैनौँ आरोपित मन्त्रीले राजीनामा नदिए ‘कार्यकक्षबाटै’ पक्राउ गरिनुपर्ने यहाँको धारणा रहेछ, हामी त्यति क्रान्तिकारी सायद छैनौँ, जिम्मेवार ढंगले हाम्रो माग केवल यत्ति छ– संसदीय छानबिन समिति ।’
सन् २०२० को फेब्रुअरी २० मा लामिछानेले प्रमाण लुकाउन सक्ने हैसियत भएका आरोपित मन्त्रीले तुरुन्तै राजीनामा दिनुपर्ने र अविलम्ब छानबिन गर्नुपर्ने बताएका थिए । उनले राजीनामा नदिए कार्यकक्षबाट नै मन्त्रीलाई पक्राउ गर्नुपर्ने जिकिर गरेका थिए ।
यस्तो थियो उनको ट्वीट :
बिरामी प्रधानमन्त्रीलाई भजाएर आफ्नो धन्दा चलाउने अन्य नजिकका पात्रहरूको कर्तुत पनि हेर्दै जाऊँ, ३ वर्ष बाँकी छ। कुरौँ....नोटः प्रमाण लुकाउन सक्ने हैसियत भएका आरोपित मन्त्रीले तुरुन्त राजीनामा दिनु पर्छ र अविलम्ब छानबिन सुरु हुनु पर्छ। राजीनामा नदिए ‘कार्यकक्ष’ बाटै पक्राउ गरिनुपर्छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२५ करोड प्रकरण : केन्द्रीय कारागारबाट भागेका कुसाङ लामा पक्राउ
-
कास्की बन्यो पूर्ण खोप सुनिश्चितता जिल्ला घाेषणा
-
बागमतीको डिजिटल पीआईएस पोर्टल हस्तान्तरण, ६ हजार ८७१ कर्मचारी लाभान्वित हुने
-
‘स्त्री २’को सफलतापछि श्रद्धा कपुरले बढाइन् पारिश्रमिक
-
नेपाल टेलिकमको सिमकार्ड अब हुलाकमार्फत घरमै आइपुग्ने, साउन १ देखि कार्यान्वयन हुने
-
‘नेपाली ब्रो’ थुनामा, प्रेमिकालाई पनि मिलेन धरौटी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण