फेरि बढ्यो सुनको मूल्य
बिहीबार, २२ चैत २०८०, १७ : ५९
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । हिजो बुधबारको तुलनामा आज १ हजार रुपैयाँले बढेसँगै मूल्य कीर्तिमानी बनेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य १ लाख ३४ हजार रुपैयाँ पुगेको छ ।
हिजो बुधबार सुनको मूल्य तोलामा १ लाख ३३ हजार रुपैयाँ थियो । यस्तै, हिजो तेजावी सुनको मूल्य तोलामा १ लाख ३२ हजार ३५० रुपैयाँ छ । आज छापावाल सुनको मूल्य तोलामा १ लाख ३४ हजार रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ३३ हजार ३५० रुपैयाँ छ ।
यस्तै, आज चाँदीको मूल्य तोलामा ४० रुपैयाँले बढेको छ । हिजो बुधबार चाँदीको मूल्य तोलामा १६ सय १० रुपैयाँ थियो । आज चाँदीको मूल्य तोलामा १६ सय ५० रुपैयाँ कायम छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी हवाई आक्रमणमा दक्षिणी इरानमा ३० भन्दा बढी सर्वसाधारण मारिए
-
करार कर्मचारी हटाउने तयारीको विरोधमा सिंहदरबारमा धर्ना (तस्बिरहरू)
-
इन्टर्न चिकित्सकको माग सम्बोधन गर्न नेपाल चिकित्सक सङ्घको आग्रह
-
लागूऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ
-
अध्यादेशबाट एकमुष्ट पदमुक्त पदाधिकारीमध्ये २० प्रतिशतमा मात्रै नियुक्ति
-
१० दिनभित्र लगातार तेस्रोपटक क्युबाको नेशनल ग्रिड अवरुद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण