सीके राउतले ढोगे टोकियो युनिभर्सिटीलाई
बिहीबार, २२ चैत २०८०, १२ : ५०

काठमाडौँ । जापान भ्रमणमा रहेका जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले त्यहाँको टोकियो युनिभर्सिटीको भूमिलाई ढोगेका छन् ।
जापान सरकारको मोनबुसो छात्रवृत्ति पाएर टोकियो युनिभर्सिटीबाट स्नातकोत्तर गरेका सीके राउत त्यहाँबाट फर्केपछि पहिलो पटक जापान भ्रमणमा गएका हुन् । १८ वर्षपछि जापान पुगेका उनी आफू पढेको सो कलेजलाई ढोगेका छन् ।
उनी जापान उड्नुअघि आफ्नो फेसबुकमा लेखेका थिए, ‘किन हो किन मलाई एक पटक जापान गएर त्यो भूमिलाई, ‘सेन्सई’ लाई, साथीभाइहरूलाई धन्यवाद दिऊँ जस्तो लागिराख्छ । मेरो व्यक्तित्व निर्माणमा, मेरो सोचमा र मेरो उपलब्धिमा जापानको ठुलो योगदान छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एघार महिनामा ४२ हजार पर्यटकले गरे रसुवाको भ्रमण
-
युद्धरत इजरायलमा रहेका नेपालीहरू सुरक्षित छन् ?
-
पाकिस्तानद्वारा इरानसँगको सीमा बन्द
-
अमेरिकी हतियार किन्ने विषयमा राष्ट्रपति ट्रम्पसँग छलफल गरिन्छ : जेलेन्स्की
-
जसपा नेपालको लिम्बुवान राष्ट्रिय समितिको अधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित
-
पच्चीस चलचित्र निर्मातालाई सम्मान गरिने