बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

चैते रोपाइँमा व्यस्त विप्लव

बिहीबार, २२ चैत २०८०, २२ : ००
बिहीबार, २२ चैत २०८०

कपिलवस्तु । नेपाल कम्युनिस्ट पार्टीका महासचिव एवम् समाजवादी मोर्चाका संयोजक नेत्रविक्रम चन्द ‘विप्लव’ कपिलवस्तुको जनकम्युनमा चैते रोपाइँमा व्यस्त रहेका छन् ।

 काठमाडौँमा राजनीतिक भेटघाट र समाजवादी मोर्चाको अन्तरक्रिया कार्यक्रम सकेर महासचिव विप्लव बुधबार पार्टी केन्द्रीय कार्यालय शिवराज नगरपालिका  ९ शिवगढी पुगेका थिए । प्रतिबन्ध फुकुवा पछि पार्टीको केन्द्रीय उत्पादन नीति अन्तर्गत विप्लवले कपिलवस्तु लगायत देशभर खेतीयोग्य उत्पादन क्षेत्रमा सक्रियता बढाएका छन् ।

बुधवार  कपिलवस्तु पुगेका महासचिव विप्लव धानको बिउ काढ्न खेतमा पुगेका थिए । बिहीबार दिउँसो स्थानीय नेता कार्यकर्ता र जनकम्युनका कार्यकर्ताहरू सँगै उनले चैते धान रोपेका हुन् ।

पार्टी सबै तहका नेता कार्यकर्ताहरूलाई एकल तथा  सामूहिक वा संस्थागत ढङ्गले उत्पादनमा जोडिने केन्द्रीय नीति अन्तर्गत महासचिव विप्लव पनि खेतीपातीमा सहभागी भएको नेकपाका केन्द्रीय प्रचार विभागका सदस्य प्रकाश डुम्रेले बताए ।

झन्डै ५ कट्टामा रोपाइँ भइरहेको र बाँकी जग्गामा समेत चैत्र भित्र रोपाइँ सक्ने कार्यक्रम रहेको पार्टी निकट स्रोतले बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप