३ जना मृत अवस्थामा फेला
बिहीबार, २२ चैत २०८०, २० : २८
काठमाडौँ । विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला परेका छन् । भोजपुरको आमचोक गाउँपालिका-७ सल्लेनी बस्ने २१ वर्षीय हस्त बहादुर पुलामी मगर सोही ठाउँस्थित मान्द्रे भिरको खोल्सामा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
बुधबार सोही ठाउँस्थित हाई खोलामा पानीको मुहानमा पानी बनाई घर फर्कने क्रममा मान्द्रे भिरबाट लडेर बेपत्ता भएका उनको खोजी गर्ने क्रममा शव फेला परेको हो ।
यसैगरी सुनसरीको दुहवी नगरपालिका-१० बुधचोकस्थित सडक छेउमा सोही नगरपालिका-१० बस्ने ३५ वर्षीय रमेश राम बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
यसै गरी सुनसरीको बराहक्षेत्र नगरपालिका-१ चतरा पुलस्थित कोशी नदीमा अन्दाजी ४५ वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राज्य र पत्रकारिता एक अर्काका प्रतिद्वन्द्वी होइनन्, परिपूरक हुन् : कार्यवाहक राजदूत पौडेल
-
पछिल्लो वर्ष नेपालमा पर्यटक आगमन १२ लाखभन्दा बढी, २५ प्रतिशत भारतबाट
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण