मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

३ जना मृत अवस्थामा फेला

बिहीबार, २२ चैत २०८०, २० : २८
बिहीबार, २२ चैत २०८०

काठमाडौँ । विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला परेका छन् । भोजपुरको आमचोक गाउँपालिका-७ सल्लेनी बस्ने २१ वर्षीय हस्त बहादुर पुलामी मगर सोही ठाउँस्थित मान्द्रे भिरको खोल्सामा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

बुधबार सोही ठाउँस्थित हाई खोलामा पानीको मुहानमा पानी बनाई घर फर्कने क्रममा मान्द्रे भिरबाट लडेर बेपत्ता भएका उनको खोजी गर्ने क्रममा शव फेला परेको हो ।

यसैगरी सुनसरीको दुहवी नगरपालिका-१० बुधचोकस्थित सडक छेउमा सोही नगरपालिका-१० बस्ने ३५ वर्षीय रमेश राम बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

यसै गरी सुनसरीको बराहक्षेत्र नगरपालिका-१ चतरा पुलस्थित कोशी नदीमा अन्दाजी ४५ वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन् ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप