१० महिनामा ५३ वन्यजन्तु मरे
नवलपुर । चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो १० महिनामा एकसिङ्गे गैँडासहित ५३ वन्यजन्तु मरेका छन् ।
निकुञ्जका सूचना अधिकारी एवं संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले चालु आर्थिक वर्षको हालसम्म गैँडा, बाघ, हात्तीलगायतका दुर्लभसहित ५३ वन्यजन्तु मरेको जानकारी दिए ।
उनका अनुसार यस अवधिमा सबैभन्दा बढी २० चित्तल मरेका छन् । त्यसैगरी पछिल्लो १० महिनाको अवधिमा १९ एकसिङ्गे गैँडा मरेका जनाउँदै तिवारीले प्राकृतिक कारणले १५, चोरीसिकारीबाट दुई, सम्भावित चोरीसिकारीबाट एक तथा अन्य कारणले एउटा गैँडाको मरेको जानकारी दिए ।
त्यस्तै यस अवधिमा पाँच हात्ती, तीन पाटेबाघ, तीन जरायो, तीन रतुवा, दुई गोही, एउटा बँदेल र एउटा अन्य वन्यजन्तु मरेको तिवारीको भनाइ छ । निकुञ्जले यस वर्ष विभिन्न स्थानबाट एक सय ६३ वन्यजन्तुको उद्धार गरेको सूचना अधिकारी तिवारीले बताए । निकुञ्जले उद्धार गरेका वन्यजन्तुमध्ये सबैभन्दा बढी ६४ अजिङ्गर, ५१ सर्प, छ पाटेबाघ, तीन एकसिङ्गे गैँडासहितका जनावर रहेको तिवारीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
-
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
-
साउन २४ गतेबाट अवकाशमा जाने सचिव शर्माले दिए राजीनामा, मन्त्रिपरिषद्ले गर्यो स्वीकृत
-
गुगललाई युरोपेली संघले गर्यो ८९ करोड युरो जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण