डीपफेक सीएफओ बनेर कर्मचारीसँग साढे २ करोड डलर ठगी
हङकङ । एउटा बहुराष्ट्रिय कम्पनीमा वित्तीय कर्मचारीलाई छलेर साढे २ करोड डलर भुक्तानी गर्न लगाइएको घटना बाहिरिएको छ । डिपफेक प्रविधिको प्रयोग गरेर प्रमुख वित्तीय अधिकृत (सीएफओ) बनेर ठगहरुले ती कर्मचारीलाई साढे २ करोड डलर तिर्न लगाएको हङकङको प्रहरीले बताएको छ ।
यो घाटलामा ठगहरूले एउटा डिपफेक भिडियो कल गरेका थिए । कलमा देखिएका व्यक्तिहरू कम्पनीकै कर्मचारी जस्ता देखिन्थे । धेरै जना देखिएको यो भिडियो कलमा देखिएका सबै मान्छे नक्कली थिए । कर्मचारीले कम्पनीका बेलायतमा रहेका वित्तीय अधिकारीबाट म्यासेज पाए । मेलमा सीएफओले गोप्य कारोबार गर्नुपर्ने भयो भनेर बताएपछि कर्मचारीलाई सुरुमा शंका लाग्यो ।
भिडियो कलमा सीएफओसँग कुरा गरेपछि उनको शंका हट्यो । भिडियो कलमा उनले चिनेका सहकर्मी जस्तै देखिने मान्छेहरू थिए । उनले २ करोड ५६ लाख डलर पठाइदिए । कर्मचारीले कम्पनीको मुख्य कार्यालयमा सोधपुछ गरेपछि आफू ठगीमा परेको थाहा पाए । पछिल्लो समय सार्वजनिक रूपमा उपलब्ध भिडियो र फोटोहरूमा डिपफेक प्रविधिको प्रयोग गरेर ठगीका घटनाहरू बढेका छन् ।
पछिल्लो घटना यसकै एउटा हिस्सा हो । यो घोटालामा हङकङ प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । आठ ओटा आईडी कार्ड चोरी भइएको उजुरी आएको छ । यी कार्डहरुलाई गएको वर्ष जुलाई देखि सेप्टेम्बरको बीचमा ९० ओटा कर्जा आवेदन र ५४ ओटा बैंक खाता दर्ताका लागि प्रयोग गरिएको पाइएको छ । कम्तीमा २० ओटा केसमा डिपफेकको प्रयोग भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण