मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
सुनसरी निषेधाज्ञा

सुनसरीको भुटाहामा झडप नियन्त्रण गर्न प्रहरीले चलायो गोली

शुक्रबार, २३ चैत २०८०, १४ : ५३
शुक्रबार, २३ चैत २०८०

विराटनगर । सुनसरीको भुटाहामा दुई समूहबीच झडप हुने अवस्था सिर्जना भएपछि प्रहरीले हवाइ फायर र अश्रुग्याँस प्रहार गरेको छ । सुनसरी जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी प्रशासकीय अधिकृत केशव खतिवडाले कफ्र्यु (निषेधाज्ञा) उल्लंघन भएपछि अश्रुग्याँस र हवाई फायर गरेको उनले बताए ।

 ‘अहिलेसम्ममा आधा दर्जनको हाराहारीमा हवाई फायर र अश्रुग्याँस छोडिएको छ । मानवीय नोक्सानी र सार्वजनिक सम्पत्तीको नोक्सानी रोक्न बल प्रयोग गरेको हो । भीड नियन्त्रणका लागि हामीले सुरक्षाकर्मीहरु परिचालन गरेका छौं । अहिलेसम्म कोही पनि घाइते भएको जानकारीमा आएको छैन,’ उनले भने । 

जिल्ला प्रशासन कार्यालय सुनसरीले यसअघि हरिनगरा गाउँपालिका र देवानगंज गाउँपालिकाको १ र ७ नम्बर वडा लक्षित गर्दै निषेधाज्ञा जारी गरेको थियो । सुनसरीका कायम मुकायम प्रमुख जिल्ला अधिकारी वेदराज फुयालले जारी गरेको आदेशमा अर्को सूचना नभएसम्मका लागि ती स्थानमा सामाजिक, धार्मिक, राजनीतिक सभा, र्याली, भेलाजम्मा, प्रदर्शनलगायतका कुनै पनि कार्यक्रमहरु नगर्न र नगराउन उल्लेख छ ।

सो क्षेत्रमा गत चैत २२ गते एक समूहले एक युवालाई आक्रमण गरेको विषयमा विवाद बढ्दै गएको थियो । दुई समूहबीच बढेको विवादले उग्र रुप लिने भएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप