संसद्बाट नभ्याए अध्यादेशबाट दर्जन कानुन संशोधन गर्छौं : अर्थमन्त्री
वीरगन्ज । अर्थमन्त्री वर्षमान पुन अनन्तले लगानी सम्मेलनका लागि सरकारले अध्यादेशबाट भए पनि ऐन संशोधन गर्ने बताएका छन् । कान्तिपुर मिडिया ग्रुपले शनिबार वीरगन्जमा आयोजना गरेको वीरगन्जको वैभव अन्तर्गत अर्थमन्त्रीलाई प्रश्नै प्रश्न शीर्षकको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
भरसक संसद्बाटै र समय अभावले नभ्याइने भए अध्यादेशबाटै लगानी सङ्कुचन गर्ने ठानिएका दर्जन कानुन अध्यादेशमार्फत संशोधन गरिने मन्त्री पुनको भनाइ थियो । त्यसका लागि राजनीतिक दलहरूबिच राष्ट्रिय सहमति कायम गरिने उनले बताए ।
‘भरसक संसद्बाट र सकिएन भने राजनीतिक सहमतिका आधारमा अध्यादेशबाट कानुन संशोधन गर्छौं । लगानी सम्मेलनमार्फत लगानी आउने वातावरण बनाउँछौँ,’ मन्त्री पुनले भने ।
तेस्रो लगानी सम्मेलन आगामी १६ र १७ चैतमा हुँदैछ । आन्तरिक लगानीका लागि पनि सरकारले व्यवसायीलाई प्रोत्साहन गरिने मन्त्री पुनको भनाइ थियो । निराशालाई आशामा बदल्ने प्रतिबद्धतासहित विश्वासको वातावरण निर्माण गर्न सकिन्छ भन्ने सोचका साथ आफू १२ वर्षपछि मन्त्रालयमा आएको उल्लेख गरे ।
विदेशी मुद्राको सञ्चिति बढेको, महँगी घटेको, विप्रेषण आप्रवाह बढेकाले अर्थतन्त्रको बाह्य अवस्था सुदृढ भएको उनले बताए । आफू जिम्मेवारीमा आएपछि ७० अर्ब बजारमा पठाएको, दायित्व भुक्तानी दिन सुरु गरिएको भन्दै बजार चलायमान हुने विश्वास व्यक्त गरे ।
फरक प्रसङ्गमा अर्थमन्त्रीले निजी क्षेत्र र बजारलाई आतंकित गर्ने नीति सरकारको नरहेको स्पष्ट गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण