सचिवालयअघि एमाले केन्द्रीय कार्यालय बैठक बस्दै
आइतबार, २५ चैत २०८०, ०९ : ३८
काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कार्यालय बैठक बस्दै छ । आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा साढे १२ बजे बस्नेगरी बैठक बोलाएको एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिए ।
उनका अनुसार बैठकले राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको व्यवस्थापनबारे छलफल र केन्द्रीय सचिवालय बैठकको मिति तय गर्नेछ । केन्द्रीय कार्यालय बैठक महासचिवको नेतृत्वमा बस्छ । जसमा उपमहासचिव र सचिवहरू सहभागी हुनेछन् ।
एमालेले वैशाख ८ र ९ गते परिषद् बैठक आह्वान गरेको छ । गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा बोलाइएको छ परिषद बैठकमा २ हजार १५३ जना प्रतिनिधि सहभागी हुनेछन् । परिषद् बैठकमा राजनीतिक, सांगठानिक, आर्थिक,अनुशासन र निर्वाचन आयोगका प्रतिवेदनहरू लिखित रूपमा पेस हुनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नाइजेरियामा सेनाको कारबाहीमा ३०० भन्दा बढी विद्रोहीको मृत्यु
-
देशका विभिन्न स्थानबाट लागुऔषधसहित २८ जना पक्राउ
-
कीर्तिपुरको होल्डिङ सेन्टरबाट ३ जना जेनजी अभियन्ता नियन्त्रणमा
-
मधेसमा लागुऔषधको दलदल : खुला सीमा र फितलो निगरानीले युवा पुस्ता जोखिममा
-
भिजेर गले किताबकापी, अब के पढ्ने, कता जाने ? (तस्बिरहरू)
-
सट्टाबाजीले स्पेनविरुद्ध फ्रान्सलाई दियो अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण