‘राष्ट्रिय गौरवका आयोजनामा ठुला र साना दुवै खुट्टाले हिँड्ने विधि अपरिहार्य’
काठमाडौँ । ऊर्जा जलश्रोत तथा सिँचाई मन्त्री शक्ति बहादुर बस्नेतले राष्ट्रिय गौरवका आयोजनामा ठुला र साना दुवै खुट्टाले हिँड्ने विधि अपरिहार्य रहेको बताएका छन् । आइतबार काठमाडौँमा आयोजित सिँचाई दिवस तथा ७१ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले राष्ट्रिय गौरवका आयोजनामा ठुला आयोजनामा जानै पर्ने भएता पनि ठुला र साना दुवै खुट्टाले हिँड्ने विधि अपरिहार्य रहेको बताएका हुन् ।
उनले भने, ‘हामी राष्ट्रिय गौरवका आयोजनामा ठिकै हो । ठुला आयोजनामा हामी जानै पर्छ । ठुला र साना दुवै खुट्टाले हिँड्ने विधि अपरिहार्य छ । हामी आर्थिक विकास र सामाजिक न्यायको कुरा गरिराखेका छौँ । आयोजनाका कार्यक्रममा यसको प्रतिफल कसरी हुने हो । त्यसमा विचार गर्नुपर्ने छ ।’
व्यवस्थित र प्रभावकारी जलश्रोत नीति र कानुन आवश्यक रहेको मन्त्री बस्नेतको भनाइ थियो ।
धेरै नीति र कानुनले पनि सदुपयोग र समन्वयमा अप्ठ्याराको आउने उल्लेख गर्दै उनले पहिला व्यवस्थित र प्रभावकारी जलश्रोत नीति र कानुन आवश्यक रहेको बताए ।
‘जलश्रोत नीति चाहिने हो पहिले । जलश्रोत कानुनको व्यवस्था छ भने पहिला कानुन बनाउनुपर्ने हो । हामी त्यतातिर नभई खानेपानीको कानुन बनेको छन् । सिँचाइको कानुनको कुरा त्यतातिर मात्र ध्यान छ । हामी आफैले हाम्रो आफ्नो क्षमतालाई र उपलब्धिलाई मारिराखेका छौँ ।’उनले भने, ‘ कति वटा नीति कानुन बनाउने हो भन्नेमा पनि समयको सदुपयोगको दृष्टिकोणले र भोली समन्वयमा आउने अप्ठ्याराको दृष्टिले हेर्दा यो बढी विचारणीय कुरा छ । यसको लागि व्यवस्थित र प्रभावकारी जलश्रोत नीति चाहिएको छ । जलश्रोत कानुन एकदमै व्यवस्थित र प्रभावकारी चाहिएको छ । त्यसको मार्गदर्शनमा कति वटा चाहिने हो त्यसपछि मात्र बनाउनुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण