मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

पूर्वमन्त्री अब्दुल खान सवार जिप दुर्घटना

सोमबार, २६ चैत २०८०, १३ : २७
सोमबार, २६ चैत २०८०

काठमाडौँ । पूर्वमन्त्री अब्दुल खान दुर्घटनामा परेका छन् । सोमबार बिहान काठमाडौँबाट बर्दिया जाँदै गरेका खान चढेको जिप धादिङको रोराङ गाउँपालिकास्थित कृष्णभिरमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी मकेन्द्रकुमार मिश्रले रातोपाटीलाई बताए ।

दुर्घटनामा परेर खान, उनका चालक, स्वकीय सचिव र कम्यूटर अपरेटर घाइते भएका छन् । काठमाडौंँबाट बर्दिया जाँदै गरेका खान सडक दुर्घटनामा परेपछि उपचार गराउन काठमाडौँ फर्किएका छन् । खानको देब्रे हातमा चोट लागेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप