जसपा निकट समाजवादी युवा भोलेन्टियर्सको राष्ट्रिय भेला हुँदै
सोमबार, २६ चैत २०८०, १६ : २२
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपाल निकट समाजवादी युवा भोलेन्टियर्स अर्गनाइजेसनको राष्ट्रिय भेला हुने भएको छ । खुसीबुस्थित नेपाः व्याङक्वेटमा भोलि (मङ्गलबार) आयोजना गर्न लागेको भेलाबाट भोलेन्टियर्स अर्गनाइजेसनको केन्द्रीय समिति गठन गरिने छ ।
आपतकालिन उद्धार, विपत् व्यवस्थापन, भ्रष्टाचार निवारण आन्दोलनमा प्रतिबद्ध हुँदै सङ्घीयता, सुशासन, सामाजिक न्याय र समाजवाद निर्माणको दिशामा अगाडि बढ्न यो अर्गनाइजेशन बनाउन लागिएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
बिहान ११ बजेदेखि सुरु हुने भेलामा पार्टीका अध्यक्ष एवम् नेपाल सरकारका उपप्रधानमन्त्री उपेन्द्र यादव प्रमुख अतिथि रहने छन् । कार्यक्रममा पार्टीका सङ्घीय परिषद् अध्यक्ष अशोककुमार राईलगायतका नेताहरू सहभागी हुने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मिटरब्याज पीडित र सरकारी टोलीबिच भोलि निर्णायक छलफल हुने
-
यो जित माराडोनाका लागि उपहार हो: लियोनल मेस्सी
-
विश्वकप मैदानमा राजनीति: अर्जेन्टिना विरुद्ध बेलायती मन्त्रीले गरे फिफामा उजुरी
-
पूर्वराष्ट्रपति रहमानको हत्या अभियोगमा ४ दशकदेखि फरार अभियुक्त पक्राउ
-
१० बजे १० समाचार : सम्पत्ति विवरण बुझाउनुपर्नेलाई राहत, एक्लियो एमाले
-
आगामी आर्थिक वर्षभित्र १२ वटा रणनीतिक प्रसारण लाइन सञ्चालनमा ल्याइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण