‘ज्वाइँ साब’ मा जीतुले नीतिसँग रोमान्स गर्ने
काठमाडौँ । कमेडियन जीतु नेपालको मुख्य भूमिका रहने फिल्म हो ‘ज्वाइँ साब’ । रेड आई फिल्मस्को प्रस्तुति, ओएसआर डिजिटल र मौसम फिल्मस्को सहकार्यमा निर्माण हुन लागेको फिल्ममा नायिकाको रूपमा नीति शाह भित्रिएकी छन् । निर्माणपक्षले नीतिसँग सोमबार कागजी सम्झौता गर्दै जीतुको जोडीको रूपमा भित्र्याएको जानकारी दियो ।
राज कुमार पण्डितको निर्माण रहने फिल्मको कथाले अभिनयका लागि प्रेरित गरेको नीतिले बताइन् । नीतिले यसअघि ‘खजुरे ब्रो’मा काम गरिसकेकी छिन् भने ‘रुखान’ उनले साइन गरेको अर्को फिल्म हो ।
सामाजिक कथावस्तुलाई कमेडी शैली पस्किने फिल्म वसन्त निरौलाले निर्देशन गर्न लागेका हुन् । फिल्ममा मीना देवी खड्का, सौगात पण्डित र पदम तामाङको पनि लगानी रहनेछ । फिल्मका कार्यकारी निर्माता विजय बस्याल हुन् । यो फिल्ममा सविन अधिकारीको कथा, शंकर धितालको पटकथा तथा संवाद छ ।
वैशाखको १५ गतेबाट छायाङ्कन सुरु हुने फिल्मको प्रदर्शन मिति आउँदो वर्षको तिहारलाई फाइनल गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी पाँच वर्षको खाका : तेस्रो वर्षसम्म गति, चौथो र पाँचौँ वर्षमा जनतालाई प्रतिफल
-
यी भाँडाकुँडामा राखिएको खानेकुरा खानुहुन्छ ? निम्त्याउला है रोग
-
स्ट्रेट अफ होर्मुजमा आक्रमण भएको जहाज चालकदलले छाडे
-
इरान युद्ध: दुई सातामा करिब १०० अमेरिकी सैनिक घाइते
-
नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री
-
भक्तपुरमा गेस्टहाउसबाट खसेर किशोरीको मृत्यु भएको घटनाबारे प्रहरीले अनुसन्धान गर्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण