शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

धनुष र ऐश्वर्याले दिए सम्बन्ध विच्छेदको निवेदन

मङ्गलबार, २७ चैत २०८०, ०९ : १७
मङ्गलबार, २७ चैत २०८०

मुम्बई । अभिनेता तथा निर्माता धनुष र निर्देशक ऐश्वर्या रजनीकान्तले सम्बन्ध विच्छेदका लागि निवेदन दिएका छन् । उनीहरुले हालै मात्र चेन्नईको एक पारिवारिक अदालतमा सम्बन्ध विच्छेदका लागि निवेदन दिएका हुन् ।

गत वर्षको जनवरीमा धनुष र ऐश्वर्याले अलग हुने घोषणा गरेका थिए । ‘साथी, दम्पती, अभिभावक र एक अर्काका शुभचिन्तकका रूपमा १८ वर्षको साथ । यो विकास, समझदारी, समायोजन र एक अर्काको अनुकूल हुने यात्रा रह्यो । आज हामी त्यो मोडमा उभिएका छौँ । जहाँ हाम्रो बाटो अलग भएको छ । ऐश्वर्या र मैले एक जोडीका रूपमा अलग हुने र बृहत्तर आशामा एक व्यक्तिका रूपमा एक अर्कालाई सम्झाउनका लागि समय लिने निर्णय लिएका छौँ’, धनुषले सामाजिक सञ्जालमा लेखेका थिए ।

धनुष र ऐश्वर्याले सन् २००४ मा विवाह गरेका थिए । उनीहरूका दुई छोरा यात्रा र लिंगा छन् । कामको कुरा गर्दा ऐश्वर्याले ‘लाल सलाम’बाट निर्देशकका रूपमा पुनरागमन गरेकी छिन् । जसमा उनका पिता रजनीकान्त विशेष भूमिकामा छन् ।

धनुषको पछिल्लो फिल्म ‘क्याप्टल मिलर’ हो । जुन अरुण मथेश्वरद्वारा निर्देशित र सत्य ज्योति फिल्मद्वारा निर्मित एक्सन–एडभेन्जर फिल्म हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप