धनुष र ऐश्वर्याले दिए सम्बन्ध विच्छेदको निवेदन
मुम्बई । अभिनेता तथा निर्माता धनुष र निर्देशक ऐश्वर्या रजनीकान्तले सम्बन्ध विच्छेदका लागि निवेदन दिएका छन् । उनीहरुले हालै मात्र चेन्नईको एक पारिवारिक अदालतमा सम्बन्ध विच्छेदका लागि निवेदन दिएका हुन् ।
गत वर्षको जनवरीमा धनुष र ऐश्वर्याले अलग हुने घोषणा गरेका थिए । ‘साथी, दम्पती, अभिभावक र एक अर्काका शुभचिन्तकका रूपमा १८ वर्षको साथ । यो विकास, समझदारी, समायोजन र एक अर्काको अनुकूल हुने यात्रा रह्यो । आज हामी त्यो मोडमा उभिएका छौँ । जहाँ हाम्रो बाटो अलग भएको छ । ऐश्वर्या र मैले एक जोडीका रूपमा अलग हुने र बृहत्तर आशामा एक व्यक्तिका रूपमा एक अर्कालाई सम्झाउनका लागि समय लिने निर्णय लिएका छौँ’, धनुषले सामाजिक सञ्जालमा लेखेका थिए ।
धनुष र ऐश्वर्याले सन् २००४ मा विवाह गरेका थिए । उनीहरूका दुई छोरा यात्रा र लिंगा छन् । कामको कुरा गर्दा ऐश्वर्याले ‘लाल सलाम’बाट निर्देशकका रूपमा पुनरागमन गरेकी छिन् । जसमा उनका पिता रजनीकान्त विशेष भूमिकामा छन् ।
धनुषको पछिल्लो फिल्म ‘क्याप्टल मिलर’ हो । जुन अरुण मथेश्वरद्वारा निर्देशित र सत्य ज्योति फिल्मद्वारा निर्मित एक्सन–एडभेन्जर फिल्म हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यान्त्रिक हलो अभावले किसानलाई धान रोप्न समस्या
-
बेल्जियम र इरानको संघर्षपूर्ण बराबरी
-
बेल्जियमलाई झड्का: नाथन एनगोयले रातो कार्ड पाउँदा टोली १० खेलाडीमा सीमित
-
मेसीको रेकर्ड तोड्दै लामिन यामलको ऐतिहासिक गोल: बने विश्वकप इतिहासकै ८ औँ कान्छा गोलकर्ता
-
‘भिएआर’ले खोस्यो इरानको अग्रता: बेल्जियम र इरानबिचको पहिलो हाफ गोलरहित बराबरीमा
-
झापामा वन्यजन्तुले नबिगार्ने ‘मेकाडामिया नट्स’को व्यावसायिक खेती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण