आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
राष्ट्रिय सभा उपाध्यक्ष निर्वाचन

कांग्रेसले विष्णुदेवी पुडासैनीलाई राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवार बनाउने

मङ्गलबार, २७ चैत २०८०, ०९ : ४४
मङ्गलबार, २७ चैत २०८०

काठमाडौँ । राष्ट्रिय सभाको उपाध्यक्ष पदमा नेपाली कांग्रेसले पनि उम्मेदवारी दिने भएको छ । आज बसेको संसदीय दल कार्यसमितिको बैठकले उम्मेदवारी दिने निर्णय गरेको हो । 

पार्टीले नेतृ विष्णुदेवी पुडासैनीलाई उपाध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको एक नेताले बताए । पुडासैनी माघमा भएको राष्ट्रियसभा निर्वाचनमा निर्वाचित भएकी थिइन् । 

राष्ट्रिय सभाको उपाध्यक्ष पदमा आज उम्मेदवारको मनोनयन दर्ता हुँदै छ । उपाध्यक्षका लागि बुधबार निर्वाचनको मिति तोकिएको छ । त्यसका लागि आज संसद् सचिवालयमा उम्मेदवारको मनोनयन दर्ताको समय तोकिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप