राष्ट्रिय सभा उपाध्यक्ष निर्वाचन
कांग्रेसले विष्णुदेवी पुडासैनीलाई राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवार बनाउने
मङ्गलबार, २७ चैत २०८०, ०९ : ४४
काठमाडौँ । राष्ट्रिय सभाको उपाध्यक्ष पदमा नेपाली कांग्रेसले पनि उम्मेदवारी दिने भएको छ । आज बसेको संसदीय दल कार्यसमितिको बैठकले उम्मेदवारी दिने निर्णय गरेको हो ।
पार्टीले नेतृ विष्णुदेवी पुडासैनीलाई उपाध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको एक नेताले बताए । पुडासैनी माघमा भएको राष्ट्रियसभा निर्वाचनमा निर्वाचित भएकी थिइन् ।
राष्ट्रिय सभाको उपाध्यक्ष पदमा आज उम्मेदवारको मनोनयन दर्ता हुँदै छ । उपाध्यक्षका लागि बुधबार निर्वाचनको मिति तोकिएको छ । त्यसका लागि आज संसद् सचिवालयमा उम्मेदवारको मनोनयन दर्ताको समय तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राज्य र पत्रकारिता एक अर्काका प्रतिद्वन्द्वी होइनन्, परिपूरक हुन् : कार्यवाहक राजदूत पौडेल
-
पछिल्लो वर्ष नेपालमा पर्यटक आगमन १२ लाखभन्दा बढी, २५ प्रतिशत भारतबाट
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण