सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
सत्ता राजनीति

कर्णालीको मुख्यमन्त्रीमा यामलाल कँडेलद्वारा दाबी पेस

मङ्गलबार, २७ चैत २०८०, १७ : ३६
मङ्गलबार, २७ चैत २०८०

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले दाबी पेस गरेका छन् । माओवादी केन्द्रसहितका दलको समर्थनमा उनले मंगलबार साँझ प्रदेश प्रमुख तिलक परियारसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् । 

माओवादी केन्द्रका संसदीय दलका नेता तथा मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा दिएसँगै चैत २१ मा प्रदेश प्रमुख परिवारले बुधबारसम्मको समय दिएर बहुमतको सरकार गठन गर्न आह्वान गरेका थिए ।

सोही समयभित्र गठबन्धनको नयाँ सरकार बनाउनका लागि दाबी पेस भएको हो । यसअघि कर्णालीको मुख्यमन्त्रीमा पार्टीकै निरन्तरता हुनुपर्ने भन्दै केही नेताले अडान लिएका थिए । तर, केन्द्रको दबाबपछि शर्माले राजीनामा दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप